शेयेर गर्नुहोस
समाधान समाचार,
टीकापुर १६ फागुन /
कैलाली जिल्लाको दक्षिणपुर्बी क्षेत्रका सरोकारवालाहरु सङ्ग डल्फिन संरक्षण सम्बन्धि समस्या समाधानका उपाय बारे गरिएको गोष्ठी कार्यक्रम सम्पन्न गरिएको छ ।
डीएबीसी नेपाल कैलालीका अध्यक्ष भोज राज ढुंगानाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भजनी नगरपालिका का नगर प्रमुख शेर चौधरीको प्रमुख अतिथ्यता रहेका थिए भने टीकापुर नगरपालिकाका प्रबक्ता एबम वार्ड नम्बर ८ का वार्ड अध्यक्ष दीर्घ ठकुल्ला बिशिस्ट अतिथी रहेका थिए ।
धन्यजय ढुंगानाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा गोष्टिको उद्देश्य बारे तराई भुपरिधि कार्यक्रम (ताल) कोहलपुर बाँकेका प्रतिनिधि तिलक राम चौधरीले प्रष्ट पारेका थिए ।
गोष्टि कार्यक्रममा भजनी नगरपालिका वार्ड ३ र ८ तथा टिकापुर नगरपालिका वार्ड ६ का वार्ड प्रतिनिधि, सब डिभिजन बन कार्यलयका प्रतिनिधी, सुरक्षाकर्मी, संरक्षण कर्मी, भलमन्साहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण डीएबीसी नेपाल का महासचिव जय प्रसाद ढुङ्गानाले गरेका थिए ।
साथै डिएबिसिले स्व. रबिन्द्र अधिकारीको दोस्रो स्मृति दिवस तथा श्रद्धाञ्जली शभा सम्पन्न गरिएको छ ।