टीकापुरकी धारणा हिन्दी चलचित्रमा

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ३० कार्तिक /
धारणा शर्मा हिन्दी चलचित्रमा देखिने भएकी छन् । टीकापुरमा जन्मेकी धारणालाई नेपालको नाम्चे, लुक्ला, मुस्ताङमा छायांकन भएको हिन्दी चलचित्र “उचाई” मा देख्न पाइने भएको छ । टीकापुर स्थित खड्ग स्मृति माध्यमिक बिधालयबाट एसएलसी गरेकी धारणाले प्रवीणता प्रमाणपत्र तहको अध्यान टीकापुर बहुमुखी क्याम्पसबाट गरेकी थिइन् । उच्च शिक्षा काठमाडौमा गरेकी उनले अनुपम खेर, बोमन इरानी, अमिताभ बचन, परिनिधी चोपडा लगाएतको अभिनय रहेको चलचित्रमा आफ्नो पनि महत्त्वपूर्ण भुमिका रहेको बताएकी छन् । उनले अहिले नै आफ्नो भुमिकाको बारेमा भन्न नमिल्ने बताउँदै लामो मिहेनत र संघर्षका कारण चलचित्रमा स्थान पाएको बताएकी छन् ।
राजश्री प्रोड्क्सनले निर्माण गर्न लागेको उक्त चलचित्रसँगै थुप्रै म्युजिक भिडियोमा समेत आफ्नो अभिनय दिइसकेकी धारणाले सन २०१४ को व्युटी क्यानको उपाधी समेत हात पार्न सफल भएकी थिइन् । धारणालाई विभिन्न बिज्ञापनहरुमा पनि देख्न सकिन्छ । उनले जहाँ जसरी, जोसँग काम गरे पनि टीकापुरलाई भुल्न नसकिने भन्दै टीकापुरबाट त्यहाँसम्म पुगेर संघर्ष गर्दा निकै चुनौती समेत भएको बताएकी छन् । पहिलेदेखि नै कलाकारिता क्षेत्रमा इच्छा भएकी धारणा पाँच वर्षदेखी त्यहीँ क्षेत्रमा काम गर्दै आएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *