टीकापुरमा क्रीकेट प्रतियोगिता सुरु

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर ११ पौष
/ टीकापुरका सामाजिक व्यक्तित्व तथा पूर्व खेलाडी धनबहादुर शाहीले खेललाई मनोरञ्जनसँगै व्यवसायिक बनाउनु पर्नेमा जोड दिएका छन् ।
शुक्रबार टीकापुर युवा क्लबको आयोजनामा सुरु भएको १३ औं पहलमानसिंह स्वाँर रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै पूर्व खेलाडी शाहीले यस्तो बताएका हुन् । ‘खेल आफैमा मनोरञ्जनको क्षेत्र हो । तर, त्यसलाई मनोरञ्जनको रुपमा मात्र नलिई व्यवसायिक रुपमा अंगाल्नु पर्दछ ।’ शाहीले भने, ‘अनिमात्र हामी भविष्यको लक्ष्य प्राप्त गर्न सक्छौं र देशको सम्पत्तिको रुपमा स्थापित हुन्छौं ।’
शाहीले टीकापुर क्षेत्रमा खेलकूद क्षेत्रको विकासका लागि आवश्यक खेल मैदानहरु भए पनि त्यसका लागि आवश्यक पर्ने पूर्वाधार–हरु नहुँदा टीकापुरको खेलकूद ओझेलमा पर्दै गएको बताएका छन् ।
टीकापुर युवा क्लबका संस्थापक अध्यक्ष राजकुमार हमालले टीकापुरमा खेलाडीहरुका लागि आवश्यक वातावरण नभएको बताउँदै सरकार युवाहरुलाई उद्यमशीलता र खेलकूद क्षेत्रमा लगाउनुको साटो श्रमका लागि विदेशीसँग सम्झौता गरिरहेको बताएका छन् । उनले खेलकूद क्षेत्रमा सरकारले ध्यान दिन सके नेपालले राम्रो गर्न सक्ने बताउँदै भौतिक पूर्वाधार अभावका कारण खेल क्षेत्र फस्टाउन नसकेको बताएका छन् । ‘हामीसँग खेलकूद क्षेत्रमा थुप्रै सम्भावनाहरु छन् । सुदूरपश्चिमबाटै पनि थुप्रै खेलाडीहरुले स्थगान बनाएको अवस्था छ ।’ हमालले भने, ‘साधन स्रोत अभावका कारण खेलाडीहरु बिस्थापित हुँदै आएका छन् । जुन राष्ट्रका लागि दुःखद् कुरा हो ।’
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष चेतमान खत्रीले संरचना सहितको खेलकूद मैदानकै अभावका कारण युवाहरुलाई समाजप्रति उत्तरदायी बनाउन नसकेको बताउँदै कुलतमा लागेका युवाहरुलाई खेलकूदमार्फत् सुधार्न सकिने बताएका छन् । उनले स्गथानीय सरकारले वार्षिक लाखौं रुपैयाँ खेलकूद क्षेत्रकै लागि खर्च गरे पनि संरचनागत विकासका लागि भने मौन रहेको बताएका छन् ।
क्लबका अध्यक्ष तपेन्द्र स्वाँरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन दिपक कोइरालाले गरेका थिए ।
१३ औं पहलमानसिंह स्वाँर रनिङ शिल्ड क्रिकेट प्रतियोगितामा आयोजकतर्फबाट तीन टीमसहित २७ वटा टीमको सहभागिता रहेको छ । विजेता टीमले ५१ हजार नगदसहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छ भने उप–विजेताले २० हजार नगदसहित ट्रफी प्राप्त गर्नेछ । खेल नकआउट सिस्टममा खेलाइने आयोजकले जनाएको छ ।
उद्घाटन खेलमा आयोजक ‘ए’ ले विजय हासिल गरेको छ । आयोजकले १२ ओभरको खेलमा १ सय २१ रन बनाएको थियो भने गणेशबाबा इङ्शिल बोर्डिङ स्कुलले १२ ओभर खेल्दै ७८ रनमा समेटिए–पछि आयोजकले ४३ रनले जीत हासिल गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *