टीकापुरमा माओवादी केन्द्रको अग्रता

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०२ जेठ /
बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको कैलालीको टीकापुर नगरपालिकाका पाँच वडाको मत परिणाम सार्वजनिक हुँदा माओवादी केन्द्रले अग्रता लिएको छ ।
घोषित नतिजा मध्ये नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले २/२ र नेपाली काँग्रेसले १ वडाध्यक्षमा जित हात पारेका छन् ।
पछिल्लो परिणाम अनुसार टीकापुर नगरपालिका वडा नं.–८ मा माओवादी केन्द्रका दीर्घबहादुर ठकुल्ला प्यानलै सहित वडाध्यक्षमा पुनः दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
यसअघि माओवादी केन्द्रकै लौटन चौधरी पनि वडा नं.–९ मा प्यानल विजयी भएका थिए । चौधरी समेत दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीले वडा नं.–४ र ५ मा जित हात पारेको छ भने उक्त पार्टीका लालबीर चौधरी वडा नं.–४ मा प्यानलैसहित दोश्रो कार्यकालका लागि विजयी भएका हुन् भने वडा नं.–५ मा बलबीर थारू समेत पहिलो पटक प्यानलसहित विजयी भएका छन् ।
त्यस्तै नेपाली काँग्रेसका ऋषि विश्वकर्मा वडा नं.–३ मा बहुमतसहित वडाध्यक्षमा पहिलो पटक विजयी भएका छन् । उक्त वडामा नेपाली काँग्रेसका दुई र माओवादी केन्द्रका २ सदस्य विजयी भएका छन् ।
टीकापुर नगरपालिकाको २५ पदमा घोषित परिणाम अनुसार माओवादी केन्द्रले १२, नागरिक उन्मुक्ति पार्टीले १० र नेपाली काँग्रेसले ३ स्थानमा जित हात पारेको छ ।
यतिखेर वडा नं.–१ को मत गणना हुँदैछ । वडा नं.–१ को परिणामबारे सबैको कौतुहलता बढेको छ ।
त्यस्तै वडा नं.–१ को मतगणना सकिएसँगै क्रमशः वडा नं.–७, २ र ६ को मत गणना हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *