साउँदलाई गर्‍यो पार्टीले कारबाही

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २६ बैशाख /
नेपाली काँग्रेसका नेता जंगबहादुर साउँदलाई साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको छ ।
नेपाली काँग्रेस कैलालीका सभापति नारायण दत्त भट्टले साउँदले यहीँ बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पार्टीको नियम विपरीत काम गरेको भन्दै कारबाही गरेको हो । एक बिज्ञाप्ति जारी गर्दै भट्टले पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको भन्दै एक वर्षसम्म पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको छ । साउँद २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाटै ती नगरपालिकाको मेयर पदमा उम्मेदवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *