टीकापुरमा १० गतेदेखि क्रीकेट प्रतियोगिता हुने

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर ०६ पौष
/ टीकापुर युवा क्लबको आयोजनामा यही पौष १० गतेदेखि पहलमानसिंह स्वाँर रनिङ शिल्ड क्रिकेट प्रतियोगिता हुने भएको छ ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै टीकापुर युवा क्लबका अध्यक्ष तपेन्द्रबहादुर कुँवरले खेलकूद क्षेत्रको विकासका लागि क्लबले प्रत्येक वर्ष खेलकूदका गतिविधि अगाडि बढाउँदै आएको बताउँदै त्यसमा स्थानीय सरकारको सहयोग न्युन रहेको बताएका छन् । १० गतेबाट सुरु हुने खुला क्रिकेट कपको विजेता टीमले नगद ५१ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ भने उप–विजेताले २० हजार नगद सहित ट्रफी प्राप्त गर्नेछ ।
खेल आईसीसीको नियम–अनुसार सञ्चालन हुने बताइएको छ । मेन अफ द म्याच खेलाडीले २ हजार ५ सयका दरले पुरस्कार पाउने छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *