टीकापुर जेसिजको २४ अाैं स्थापना दिवस

शेयेर गर्नुहोस


लक्ष्मण बि क , असार २३ /
टीकापुर जेसिजले आफ्नो स्थापना दिवस तथा प्रथम जिसिज छात्रवृत्ति २०७८ वितरण कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।
टीकापुर जेसिज वर्ष २०२१ का अध्यक्ष लक्ष्मण थापाको अध्यक्ष्ातामा भएको कार्यक्रमका प्रमुख अतिथि टीकापुर जेसिजका स्थापक अध्यक्ष प्र.डा. गजत बहादुर सिंह रावला रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रावलले जेसिज जेसिज मात्र नभई जेसिज स्कुलिङ रहेको बताउदै जेसिज जिवनमा लागि सके पछि थुप्रै कुराहरु सिक्न पाइने बताएका छन । उनले जेसिजको विश्वविद्यालयबाट युवाहरुले थुप्रै कुराहरु सिक्ने अवसर प्राप्त गर्न सक्ने भन्दै जेसिज जीवनमा आफ्ना आभूतिहरु दिन युवाहरुलाई आग्रह समेत गरेका छन् ।
कार्यक्रममा जेसिजले आफ्नो २४ अाै स्थापना दिवसको अवसरमा जेसिज छात्रवृत्ति वितरण कार्यक्रमको सुरुवात गरेको छ । जसमा प्रथम छात्रवृत्ति कार्यक्रममा टीकापुर नगरपालिका भित्र संचालित विद्यालय मध्य खड्ग स्मृति माबीका एक छात्रा, एक छात्र र केदारेश्वर प्राथमिक बिधालयका एक छात्र, एक छात्रा गरि जम्मा चार जना विद्यार्थीहरुलाइ नगत ५ हजार ५ सय ५५ रुपैयाँ छात्रवृत्ति वितरण गरेको छ । जस्मा क्रमशः मुकेश थापा, बब्ली थापा, गायत्री बिक र दिपक बिक रहेका थिए ।
त्यस्तै कार्यक्रममा जेसिज पुर्व अध्यक्ष आन्नद हमाल, कृतिसिंग बम, केदारेश्वर प्राथमिक विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद भट्टराई, नारायणपुर जेसिका अध्यक्ष बलिराम चाैधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
२४ अाैं स्थापना दिवसका संयोजक भरत भण्डारीले स्वागत गरेको कार्यक्रमको संचालन टीकापुर जेसिज वर्ष २०२१ का महासचिव बलराम चाैधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *