टीकापुर बगैंचाको शहर बनाउछौं : अध्यक्ष डगौंरा

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २० जेठ (रासस) :
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौंरा थारुले टीकापुर नगर विकास समितिको अध्यक्षको पदभार ग्रहण गरेका छन् ।
टीकापुर नगरपालिकाको नगर प्रमुख नै नगर विकास समितीको अध्यक्ष हुने व्यवस्था अनुसार भएको पदभार ग्रहण कार्यक्रममा अध्यक्ष डगौंराले टीकापुरका ब्लक नं. १ देखि ३२ सम्मका सार्वजनिक जग्गामा आँप, लिची, अम्बा, फूलहरु लगाउने बताएका छन् । “टीकापुरका १ देखि ब्लक नं. ३२ सम्मका सबै ब्लकहरुका सार्बजनिक जग्गाहरुमा आँप, अम्बा, लिची, फुलहरु लगाउने हाम्रो पहिलो प्रथमिकता रहेको छ । यसले टीकापुरको सौन्दर्यतालाई झन मजबुत बनाउनेमा विश्वस्त छु ।”
अध्यक्ष डगौंराले टीकापुर औद्योगिक क्षेत्रको जग्गा बिषयमा बिगतदेखि कुरा उठिरहेको बताएका छन् । ” औधोगिक क्षेत्रको जग्गा बिषयमा सबैले मिलेर अगाडि बढेमा औद्योगिक क्षेत्रको जग्गाका समस्याहरु समाधान गर्न हामी तत्पर रहेको छौं । तर मेयर एक्लैले गरेर हुँदैन साथ सबैको चाहिन्छ ।” अध्यक्ष डगौंराले भने, … अढियो….
कार्यक्रममा बोल्ने वक्ताहरुले टीकापुर नगरपालिका भित्रका सार्वजनिक जग्गाहरु निर्माण कम्पनीहरुको निर्माण सामाग्री राख्ने थलोको रुपमा रहेको र यसले बजार क्षेत्रको सौन्दर्यतालाई झन कुरुप बनाएकोले तत्काल एक्सनमा आउन अध्यक्ष थारुलाई आग्रह गरेका छन् । उनिहरुले निवर्तमान नगर प्रमुखले गरेका राम्रा कामहरुलाई निरन्तरता दिनुपर्ने भन्दै केही महिना अगाडि मात्रै शिलान्यास भएको कवर्डहल निर्माणको प्रक्रिया यथाशीघ्र सुरु गर्नुपर्ने सुझाव समेत राखेका छन् ।
पदस्थापन कार्यक्रममा इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख पुष्कर खड्का, टीकापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मंगल बहादुर शाही, टीकापुर नगरपालिका लेखा अधिकृत लक्ष्मी वड, नेकपा एमालेका नगर अध्यक्ष ध्रुव खत्री, नेपाली काँग्रेसका नगर सभापति नरेश कुमार खत्री लगायतले धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *