टीकापुर विमानस्थल सञ्चालन हुन्छ : चौधरी

शेयेर गर्नुहोस


टीकापुर ०८ भदौ /
संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले टीकापुर विमानस्थललाई सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कैलालीको टीकापुरमा टेकबहादुर सावँद स्मृति केन्द्रको नवौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै राज्यमन्त्री चौधरीले टीकापुर विमानस्थलबाट सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । “२०५७ भन्दा अगाडि निर्वाध रुपमा चलेको विमानस्थल अहिले बन्द अवस्थामा छ् । त्यसलाई सञ्चालनका लागि यसअघि भएका सबै प्रयासलाई कार्यान्वयन गराएर विमानस्थल सञ्चालन हुन्छ ।” मन्त्री चौधरीले भन्नुभयो, “तत्काल ठूलो जहाजको उडान भर्न नसकिए पनि सानो जहाज सुदुरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी जिल्लाका लागि उडान सुरु हुन्छ ।”
मन्त्री चौधरीका अनुसार दशै भन्दा अगाडि विमानस्थलको आवश्यक अध्ययन सुरु हुने छ । आफ्नो कार्यकाल भित्र टीकापुर विमानस्थलबाट नेपाल एयलाइन्सको सानो जहाजको भए पनि उडान हुनेमा विश्वस्त हुन नागरिकहरूलाई राज्यमन्त्री चौधरी आग्रह गर्नुभएको छ । “हामीले कैलालीको पुर्वी क्षेत्रको विकासका लागि टीकापुर विमानस्थल र सत्ती भन्सारको स्तरोन्नति गर्न सक्यो भने ठूलो उपलब्धि हुने छ ।” उहाँले भन्नुभयो, “अर्कोतिर कैलाली जिल्ला भित्रका मुख्य पर्यटकीय क्षेत्रको प्याकेजको रुपमा विकास गरेर कार्यान्वयन गर्न सके पनि यस क्षेत्रको जनजीविकामा निकै परिवर्तन आउने देखिन्छ ।”
वर्तमान सरकारबाट जनताले निकै आशा र भरोसा गरेको भन्दै त्यो आशालाई निराशामा बदल्यो भने त्यसपछि जनताले सरकारको नेतृत्वमा पुगेकाहरुलाई छुट नदिने बताउनुभएको छ । “हामी काम गर्नको लागि नेतृत्वमा आएका छौँ । अब बोलेर आश्वासन दिएर मात्रै जनता विश्वस्त हुने स्थिति छैन । परिणाममा नतिजा देखाउने बेला भएको छ ।” राज्यमन्त्री चौधरी भन्नुहुन्छ, “जनताको माझमा जाँदा डराएर होइन खुला हृदयका साथ पुनः जनताको साथ समर्थन रहने गरी कामको नतिजा लिएर जनताको माझमा जाने वातावरण सिर्जना गर्नुपर्छ ।”
संघीय सांसद लालबिर चौधरीले टीकापुरलाई ४६ वर्षदेखि राम्रोसँग नियालिरहेको बताउँदै व्याक्तिगत भावना भन्दा सामाजिक भावना सबैको एक हुनुपर्ने बताएका छन् । टीकापुरमा फाइदा उठाउनेहरुले धेरै फाइदा उठाएको कैयौं उदाहरणका अगाडि सिमित व्याक्ती समाज बनाउनुपर्छ भन्नेमा लागेको उनको भनाइ रहेको छ । सांसद चौधरीले टीकापुर घटना दु:खद घटना भएको भन्दै त्यो विगतलाई बिर्सेर टीकापुरलाई राजनीतिक, सामाजिक तथा आर्थिक रुपमा माथि उठाउन सबैले लाग्नुपर्नेमा जोड दिएका छन् । “जनताले हामीबीच उपलब्धि खोज्ने बेला भएको छ । आज हामी त्यहीँ उपलब्धि जनताको माझमा ल्यानको लागि सरकारमा छौँ ।” उनले भने, “टीकापुरलाई पहिचानको रुपमा स्थापित गर्नकै लागि पार्टीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणको जिम्मेवारी लिएका हौं । टीकापुर विमानस्थल बनाउने जिम्मा हामीले लिएका छौँ ।”
केन्द्रका अध्यक्ष जंगबहादुर सावँदको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख लालबिर चौधरी लगायतले बोलेका थिए । केन्द्रका सचिव बिरबहादुर चौधरीले सञ्चालन गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष गणेश ओझाले गरेका थिए । सोही कार्यक्रममा केन्द्रको आयोजनामा भएको ब्याडमिन्टन प्रतियोगिता कार्यक्रमबाट बचेको पाँच हजार रुपैयाँ केन्द्रलाई हस्तान्तरण गरिएको छ ।

ताजा खबर

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *