डिउटीबाटै २ प्रहरी वेपत्ता

शेयेर गर्नुहोस


समाधान समाचार,
धनगढी ०२ कार्तिक
/ धनगढीमा अस्थायी प्रहरी चौकीमा कार्यरत २ जना प्रहरी वेपत्ता भएका छन् ।
धनगढी उप–महानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँद शनिबार साँझदेखि वेपत्ता भएका हुन् ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहका अनुसार उनीहरु दुवै जना डिउटीमा खटिएका बेला वेपत्ता भएका हुन।
यसैबीच नेपाल भारत सीमा नजिकै मोहना नदीमा एक जनाको शव फेला परेको छ । नदीमा घोप्टो अवस्थामा रहेको शवको पहिचान भने नभएको प्रहरी वरिष्ठ उपरिक्षक सिहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *