तपाईको मास्क खै ?

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १५ बैशाख/
कोरोनाको संक्रमण फैलिदै गएपछी अस्थायी ट्राफिक प्रहरी पोस्ट टीकापुर र इलाका प्रहरी टीकापुरले संयुक्तरुपमा सचेतना कार्यक्रम सुरु गरेको छ ।
टीकापुर बजार क्षेत्रमा नागरिकहरूलाई मास्कको प्रयोग गर्नसंगै आवस्यक स्वास्थ्य मापदण्ड अपनाउन माइकिङ सहित प्ले कार्डको प्रयोग गरि सचेतना फैलाउने काम गरिएको प्रहरीले जनाएको छ । अस्थायी ट्राफिक प्रहरी पोस्ट टीकापुरका प्रमुख खेमबिक्रम केसीले नागरिकहरुसंगै सवारी चालकहरुलाइ समेत सचेत गराइएको बताएका छन । उनले तपाईको मास्क खै ? भन्दै सवारी चालक र यात्रुहरुलाई मास्कको प्रयोग गर्न गराउन सचेतना कार्यक्रम सुरु गरिएको बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *