अक्सिजन जडित आइसोलेशन वार्ड तयार

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर १५ बैशाख /
कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा अक्सिजन सहितको २० शैयाको अक्सिजन जडान सहितको आइसोलेशन वार्ड तयार गरिएको छ । कोरोना भाइरसका बिरामिहरु बढ्न थालेसंगै अस्पतालले आफ्नो तयारीलाई तिब्ररुपमा अगाडि बढाएको हो ।
अस्पतालले पहिले पनि आइसोलेश बनाएको भएपनी संक्रमणदर कम भएपछि हटाएको थियो । संक्रमण स्थित भन्दा बाहिर गइसकेको बताउदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रेमकुमार राइले अस्पतालको क्षमता अनुसारको तयारी पूरा गरिएको बताउनुभएको छ । “हामिसंग प्रयाप्त जनशक्ति पनि छैन । प्रबिधि भएपनी संचालनका लागि जनशक्ति नहुदा समस्या भएको छ ।” मेडिकल सुपरिटेन्डेन्ट राइले भन्नुभयो, “कोरोना परिक्षण नहुदा मात्रै हामिलाई सामान्य लागेको छ । परिक्षण हुनेहो भनेकोही पनि अछुतो रहने अवस्था छैन ।”
अस्पतालले सोमबार आकस्मिक कक्षमा भर्ना भएका १२ जनाको कोरोना परिक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले अस्पतालमा बिरामिको चाप थेग्न नसकिने गरि बढ्दै गएको छ । दैनिक चारसय भन्दा बढी उपचारका लागि अस्पताल पुग्ने गरेका छन । त्यस्मा सबै भन्दा बढी रुघाखोकी, जरो, झाडापखाला जस्ता बिरामीहरु छन । “कोरोना वार्ड र जनरल वार्डका लागि चिकित्सकहरुको बिभाजन गरेर काम गर्न सकिने अवस्था छैन । आलोपालो काम गर्नुको विकल्प छैन ।” मेडिकल सुपरिटेन्डेन्ट राइले भन्नुभयो, ” टीकापुर नगरपालिका र अस्पतालको समन्वयमा निर्माण हुनलागेको ३८ शैयाको आइसोलेशनका लागि पनि अस्पतालबाटै चिकित्सक खटाउनुपर्ने छ ।” अहिले अस्पतालमा नौ जना मेडिकल अधिकृत कार्यरत छन ।
अस्पतालमा ७ वटा भेन्टिलेटर भएपनि जनशक्तिको अभावका कारण संचालनमा कठिनाइ भएको अस्पताल बिकास समितिका अध्यक्ष दिपक रावलले बताउनुभएको छ । “हामिसंग भएका उपकरणहरु पनि प्रयोगमा ल्याउनसक्ने अवस्थामा छैनौ ।” अध्यक्ष रावलले भन्नुभयो, ” जनशक्ति भएको भए जटिल लक्षण देखिएका बिरामिलाई नेपालगन्ज र धनगढी रेफर गर्नुपर्ने अवस्था आउने थिएन ।”
अहिले कोरोना संक्रमितले अस्पताल भरिएपछी तराईबाट बिरामिहरुलाई उपचारका लागि पहाडी जिल्ला डडेल्धुरा रेफर गरिन थालेको छ ।
ईलाका प्रशासन कार्यालयका प्रमुख रामबहादुर कुरुवाङले कोरोना नियन्त्रणकालागी बन्दाबन्दी ( निषेधाज्ञा) को विकल्प नरहेको बताउदै समुदायमा नागरिकको स्थिती नाजुक बन्दै गएको बताउनुभयो । “हामी धेरै ढिलो भइसकेका छौ । अझै यस्तै बेवास्ता हुँदै जानेहो भने कसैले केही पनि गर्न सक्ने छैन ।” कुरुवाङले भन्नुभयो, “प्रशासनिक रुपमा हामी एकदमै जिम्मेवार छौ । यस्तै जिम्मेवार आम जानरिक पनि हुन आवश्यक छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *