तीनदिने उत्प्रेरणा तालिमले शिक्षक र बिद्यार्थीमा उल्लेख्य सुधार

शेयेर गर्नुहोस


टीकापुर १६ असोज /
टीकापुर स्थित कर्णाली नमुना माद्यामिक बिधालयमा तीनदिने उत्प्रेरणा कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
प्रार्थना र व्यवस्थापन असल विद्यार्थी तथा अभिभावकत्व सम्बन्धि तीनदिने उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको हो । टीकापुर नगरपालिकाको आयोजना भएको उक्त उत्प्रेरणा कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले शैक्षिक क्षेत्रको विकासका लागि शिक्षकहरुको जिम्मेवारीसँगै अभिभावकको निगरानी आवश्यक रहने बताएका छन् । उनले उत्प्रेरणा कार्यक्रमले शिक्षक, विद्यार्थीका साथै अभिभावकलाई जिम्मेवार बनाएर शैक्षिक सुधारमा आमूल परिवर्तनका लागि सहयोग पुग्ने बताएका छन् ।
“यो कार्यक्रम निकै उपलब्धिमुलक भयो भन्ने विश्वास मैले लिएको छु । यहाँको सिकाइलाई अन्य बिधालयमा पनि विस्तार गर्दै शैक्षिक रुपान्तरणमा आमूल परिवर्तन गर्ने नगरपालिकाको योजना सफल बनाउने छौँ ।” उनले भने, “उत्प्रेरणा कार्यक्रमले बिद्यार्थी र शिक्षकसँगै अभिभावकमा पनि चेतनाको विकास भएको हामीले महसुस गरेका छौँ ।” उत्प्रेरणा कार्यक्रममा कर्णाली नमुना बिधालयका शिक्षक बिद्यार्थी र त्यहाँका अभिभावकहरुको सहभागिता रहेको थियो ।
प्रशिक्षकको रुपमा कालिका नमुना बिधालय बुटवलका प्रशिक्षक कृष्ण ओलीले अभिभावक बालबालिका प्रती जिम्मेवार भए शिक्षक जिम्मेवार हुने बताएका छन् । उनले
बालबालिकाको भविष्य निर्माणकर्ता शिक्षक भएको भन्दै बालबालिका अभिभावकले चाहेको जस्तो नभई शिक्षकले चाहेजस्तो बन्ने बताए । “शिक्षककै अहमताको कारण सामुदायिक बिधालय बिग्रेका छन् । उहाँहरुमा आफ्नो शिक्षा प्रती ठूलो घमण्ड छ ।” उनले भने, “शिक्षक जिम्मेवार हुने हो भने सामुदायिक बिधालयको नतिजा कम्जोर हुने कुनै आधार नै छैन । शैक्षिक गुणस्तरमा सामुदायिक बिधालयको भविष्य कार्यरत शिक्षकहरुमै रहेको हुन्छ ।”
बिधालयका प्रधानाध्यापक धर्मराज शर्माले उत्प्रेरणा कार्यक्रमले बिद्यार्थीमा ठूलो परिवर्तन आउनुको साथै शिक्षकहरुमा थप उर्जा थपिएको बताएका छन् । उनले कार्यक्रमले बिधालयले गरिरहेको तर धेरै कामहरू गर्न बाँकी रहेको महसुस गराएको बताए । “बालबालिकालाई ससाना कुराहरूमा पनि प्रेरणा दिन सकिन्छ र त्यसबाट बालबालिकामा ठूलो परिवर्तन आउने रहेछ भन्ने कुरा तालिमबाट सिकाइ भएको छ ।” उनले भने, “खासगरी त पिटी प्राथनाको कार्यक्रममा बिद्यार्थीहरुमा देखिएको अनुशासनले दंग बनाएको छ ।” शैक्षिक सुधारमा उत्प्रेरणा तालिम शिक्षक र बिद्यार्थीका लागि मार्गदर्शन बनेको प्रधानाध्यापक शर्माको बुझाइ छ ।
बिधालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. १ का वडा अध्यक्ष मोहन विकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक शर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *