तीन दिने तालिम सम्पन्न

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १४ असोज /
लैंगिक हिंसा तथा मानव अधिकार सम्बन्धि तीन दिने तालिम बुधबार टीकापुरमा सम्पन्न भएको छ ।
टीकापुर नगरपालिका वडा नं. १ को आर्थिक सहयोग तथा दिगो विकास महिला संजालको आयोजनामा भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गंगाराम आचार्यले समाजमा हुने हिंसा न्यूनीकरणका लागि स्थानीय सरकार पुर्ण जिम्मेवार रहेको बताउँदै अधिकारबाट बञ्चित भएका नागरिकहरु खुलेर बाहिर आउन सकेमात्र उनीहरुलाई न्याय दिन सकिने बताएका छन् । उनले समुदायका अगुवा ब्याक्तीहरुलाई दिइने यस्ता अभिमुखिकरण तालिमहरुमा सिकेको कुरालाई समुदाय स्तरमा पनि सिकाउन आवश्यक रहेको बताएका छन् ।
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रकाश सापकोटाले कम्जोर मान्छेहरू नै हिंसामा पर्ने गरेको बताउँदै त्यस्तो अवस्थामा प्रहरीलाई सुचना गर्न ढिलाइ नगर्न आग्रह गरेका छन् । उनले हिंसा समाजका लागि एकखालको सरुवा रोगजस्तै भएको बताउँदै एउटाले आफुमाथी भैरहेको हिंसा लुकाउँदा अर्कोले पनि हिंसाको सिकार हुनुपरेको बताएका छन् । प्रमुख सापकोटाले समुदायमा हुने हिंसा तथा मानव अधिकारका घटनाहरुको सुचना प्रहरी वा अन्य नियमनकारी निकायमा गर्न ढिला गर्न नहुने बताएका छन् ।
टीकापुर नगरपालिका वडा नं. १ भित्रका आमा समूह तथा महिला समुहका २० जना महिलाहरूको तालिममा सहभागिता रहेको थियो । दिगो विकास महिला संजालकी अध्यक्ष चन्द्रावती शर्माको अध्यक्षतामा भएको समापन कार्यक्रमको स्वागत पार्वती शाहले गरेकी थिइन् भने, सञ्चालन सिला रावलले गरेकी थिइन् । तालिमको प्रशिक्षण एकेन्द्र तिमिल्सिनाले गरेका थिए ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *