शेयेर गर्नुहोस
टीकापुर ०२ जेठ /
अनेरास्ववियु को ५९ दिवस तथा राष्ट्रिय युबा संघ नेपालको 34 औ स्थापना दिवस को अवसरमा सोमबार टीकापुरमा प्रदर्शन भएको छ ।
भ्रष्टाचारि बिरुद प्रदर्शन सहित कोण सभा कार्यक्रम कार्यक्रमको अध्यक्षतामा अनेरास्ववियु इकाई कमिटी अध्यक्ष हरिश न्यौपाने रहेका थिए । कार्यक्रमको प्रमुख अथिती नेकपा एमाले जिल्ला कमिटी सदस्य प्रकाश खडका र बिशिस्ट अथिती रास्ट्र्य युबा संघ नेपाल का कैलाली जिल्ला अध्यक्ष लक्ष्मण थापा रहेका थिए ।
कार्यक्रमको सञ्चालन अनेरास्ववियु टिकापुर बहुमुखी क्यापस का सह सचिब टेक साउदले गरेका थिए । कोणसभा कार्यक्रममा बोल्ने बक्ताहरुले अनेरास्ववियु भ्रष्टाचारिहरुको विरुद्धमा सदैव पैरवी गर्दै आएको बताउँदै भुटानी शरणार्थी काण्ड मात्र नभई अन्य त्यस्ता अन्य काण्डहरुको फाइल सरकारले खोल्नु बताएका छन् ।