देहव्यापरका कारण एकजनाको ज्यान गयो

शेयेर गर्नुहोस


लोकिसिंह ठकुरी, कैलाली २८ मंसिर/
कैलालीमा देहव्यापारका कारण एक जनाको ज्यान गएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को बादी बस्तीमा खुल्लेया भइरहेको देहव्यापारले स्थानीय लालबहादुर बोहराको ज्यान गएको हो ।
देहव्यापारमा आएका भारतीय ग्राहकले आइतबार राती उनलाई निर्घात कुटपिट गरेका थिए । स्थानीय व्यापारी समेत रहेका बोहराको आफ्नो पसल अघि भारतीय नम्बर प्लेटको कार पार्किङ गर्न थाले पनि उनले अवरोध गरेका थिए । त्यही क्रममा मदिराले लट्ठिएका दुई जना भारतीयले उनलाई निर्घात कुटपिट गरी फरार छन् । कुटाइबाट गम्भीर घाइते भएका बोहराको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको हो ।
कुटपिटमा संलग्न भएको आरोपमा दुई जना नेपाली भने पक्राउ परेका छन् । पीडितको उजुरीको आधारमा बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ बस्ने वर्ष २९ का सुरेन्द्र डगौरा थारु र सोही ठाउँ बस्ने वर्ष ३२ का श्रवण चौधरी आफ्नो नियन्त्रणमा रहेको र फरारहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यो पटक ज्यानै गए पनि यस भन्दा अघि यस्ता घटना नभएका होइनन् । मौलाउँदो देहव्यापारले हुने भिडभाडले कुटपिट, चोरी डकैती, लुटपाट, लागूपदार्थ खरिद बिक्री तथा सेवन लगायतका गतिविधिहरू विगत देखी नै निरन्तर छन् । तर प्रहरीले भने होटेल समयमा बन्द गर्ने आदेश दिन बाहेक माखो मार्न सकेको छैन । विकृति मौलाउँदै समाज नै समस्यामा पर्दा पनि स्थानीय सरकार समेत मुख दर्शक बनेको छ । स्थानीयहरू देहव्यापार बन्द हुनुपर्ने आवाज उठाउने गरे पनि गतिलो रूपमा अगुवाइ गर्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *