शेयेर गर्नुहोस
टीकापुर २८ चैत/
टीकापुरका सचेत युवाहरूले नगरपालिकालाई सुझाव सहितको प्रस्तावना पेश गरेका छन् ।
नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीले युवाहरुसँग मागेको सुझावका आधारमा युवाहरूले केही सुझावलाई बुदागतरुपमा समेटेर पठाएका हुन । युवाहरूले कार्यपालिकाको बैठकलाई प्रत्यक्ष प्रशारण गरिनुपर्ने माग गरेका छन् । त्यसैगरी नगर युवा परिषद गठन युवाहरूले दोस्रो मागको रुपमा अगाडि सारेका छन् ।
आपतकालीन समयका लागि युवा स्वयंसेवक टोली गठन गर्न पनि भनिएको छ । युवाहरूलाई आफ्ना विचार, प्रतिभा, तथा सामाजिक सरोकारहरु खुला रुपमा व्यक्त गर्ने अवसर दिनका लागि प्रत्येक महिना ओपन मिक कार्यक्रम आयोजना गर्नुपर्ने माग राखेका छन् । लागुऔषध तथा दुर्व्यसनी रोकथामका लागि सरोकारवालासँग तत्काल समन्वय बैठक आयोजना गर्न नगरपालिकालाई सुझाव दिइएको छ । बुक फ्री फ्राइडे कार्यक्रमको अवधारणा ल्याउन नगरपालिकासँग माग गरेका छन् ।
युवाहरूले नगरपालिकासँग बिद्यालय स्तरमा स्टिम शिक्षा कार्यक्रम सञ्चालन गर्न र टीकापुर नगरपालिका भित्रका सामुदायिक बिद्यालयका शिक्षकहरुको जिडिटल हाजिरीको व्यवस्था गर्नुपर्ने भनिएको छ । सो विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले कार्यपालिका बैठकबाट प्रत्यक्ष प्रसारण गरिने बताएका छन् । उनले युव परिषद गठनको विषयमा कानुन बनाएर मात्रै अगाडि बढ्न सकिने उल्लेख गर्दै अन्य युवाहरूका अधिकांश अपेक्षामा स्थानीय सरकारले काम गरिरहेको बताएका छन् ।










