नजितामा भेटियो त्रुटि

शेयेर गर्नुहोस


टीकापुर २६ जेठ/
सन्त निरंकारी आदर्श माद्यामिक बिधालय टीकापुरबाट एसैईइको परिक्षा दिएका बिराज विश्वकर्माको नतिजा प्रकाशनमा त्रुटि भेटिएको छ ।
माद्यामिक शिक्षा परिक्षा (एसईई) को नतिजा प्रती असन्तुष्टि राख्दै पुनः मुल्यांकनका लागि विश्वकर्माले निवेदन दिएपछि उनको नतिजा प्रकाशनमा त्रुटि भेटिएको हो । विश्वकर्माको नतिजा प्रकाशन हुँदा सि प्लस जिपिए आएको थियो, अहिले पुनः मुल्यांकन गराउँदा भने गणित विषयमा विश्वकर्माले ए प्लस जिपिए ल्याएका छन् ।
बिधालयको उत्कृष्ट बिद्यार्थीले नतिजा आउँदा सोचेजस्तो नभएपछि पुनः मुल्यांकनका लागि दिइएको बिधालयका गुठियार प्रमुख नरबहादुर रावलले जानकारी दिएका छन् । “रेख्दा सामान्य लागे पनि उत्कृष्ट बिद्यार्थीलाई हतोत्साहित गर्ने यस्ता त्रुटि राम्रा होइनन् ।” उनले भने, “आज पुनः मुल्यांकनमा नजाने हो भने त्यो बिद्यार्थीलाई ठुलो अन्याय हुने रहेछ ।” गुठियार प्रमुख रावलले आगामी दिनमा यस्ता गल्ती नदोहोर्‍याउन र बिद्यार्थीको भविस्यलाई शंकाको घेरामा नराख्न आग्रह पनि गरेका छन् ।

ताजा खबर

दुर्व्यसन बढ्नुको कारण अभिभावक

सञ्चारकर्मीसँग अन्तरक्रिया

कुन पालिकाले कति बजेट पाए ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *