नागरिक उन्मुक्तिको प्रदर्शन

शेयेर गर्नुहोस


टीकापुर ०५ जेठ /
नागरिक उन्मुक्ति पार्टीले बिहिवार टीकापुरमा विरोध प्रदर्शन गरेको छ ।
टीकापुर घटनामा मुख्य दोषी ठहर गर्दै जिल्ला, पुनरावेदन अदालतको फैसलालाई नै सर्वोच्च अदालतले सदर गरेपछि पार्टीका संरक्षक रेशमलाल चौधरीलाई रिहाईको माग गर्दै पार्टीले राके जुलुस सहित प्रदर्शन गरेको हो । प्रदर्शन कार्यक्रमको कोणसभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य तथा जनवर्गीय संगठन विभाग प्रमुख प्रदिप कुमार चौधरीले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै घटनाको लाल आयोग सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । “अदालतको फैसलालाई मान्दैनौं भन्न मिल्दैन । त्यसलाई हामी स्वागत गर्छौं ।” चौधरीले भने, “आज सत्तामा पहुँच पुग्दा पनि हाम्रो आवाजलाई सुन्ने संयन्त्रहरु कम्जोर भएका कारण हामीले बाध्यताले आन्दोलन गर्नुपरेको छ । घटनालाई राजनीतिक रुपमा समाधान गर्नुपर्नेमा हाम्रो माग हो ।”
उनले टीकापुर घटनाको लाल आयोग सार्वजनिक भए त्यसबाट आएको नतिजा मान्ने हुने बताएका छन् । “हाम्रो माग आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने हो । बनेका प्रतिवेदन लुकाएर झुठा मुद्दाका आधारमा रेशम चौधरी लगायतका थारुहरुलाई फसाउने काम भएको छ ।” चौधरी भन्छन्, “यदि लाल आयोगले रेशमलाई दोषी ठहर गरेको छ भने त्यो पनि हामी मान्न तयार छौँ । आयोगले तयार परेको प्रतिवेदन लुकाएर कसैलाई छुट त कसैलाई दोषी देख्ने राज्यको नजर गलत छ ।”
पार्टीले सर्वोच्च अदालतले टीकापुर घटनाको मुद्दालाई सदर गरेपछि आन्दोलनका कार्यक्रम गर्दै आएको छ । बुधबारदेखि राके जुलुस सहितको विरोध प्रदर्सन गर्ने कार्यक्रम सार्वजनिक गरेको नागरिक उन्मुक्ति पार्टीले जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्दको आव्हान गरेको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *