नेकपा माओवादीको सांगठनिक बिस्तारमा तिब्रता

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १० भदौ /
नेकपा एमाले र माओवादी केन्द्रको एकता पश्चात् बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकापा) लाई सर्वोच्च अदालतले पुरानै अवस्थामा फर्काएसँगै नेकपा माओवादी केन्द्रले सांगठनिक बिस्तारको कामलाई तिब्रता दिएको छ ।
पार्टीले सांगठनिक सुदृढीकरणका लागि केन्द्र देखि वडा स्तरसम्मको सांगठनिक कार्यलाई तीब्रताका साथ अगाडि बढाएको हो । पार्टीले केन्द्रमा समेत नेताहरूको जिम्मेवारी हेरफेर गर्नुको साथै प्रदेश, जिल्ला र स्थानिय तहमा पनि नेतृत्व हेरफेरको कार्यलाई अगाडि बढाएको छ । त्यसै अनुसार माओवादी केन्द्रले सुदुरपश्चिम प्रदेशको इन्चार्जमा समेत नयाँ अनुहारलाई जिम्मेवारी दिएको छ । यसअघि प्रदेश इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका लेखराज भट्ट नेकपा एमालेमा प्रवेश गरेसँगै पार्टीले खगराज भट्टलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो । त्यस्तै सुदुरपश्चिम सम्पर्क समितिको इन्चार्जमा बिरमान चौधरीलाई जिम्मेवारी दिइएको छ । त्यस्तै प्रदेशको सह इन्चार्जमा लक्ष्मीदत्त जोशी र तारामान स्वार रहेका छन् ।
माओवादी केन्द्रले जिल्ला इन्चार्जहरूको जिम्मेवारी समेत दिएको छ । कैलालीको इन्चार्जमा रुपा चौधरीलाई जिम्मेवारी दिइएको छ भने कञ्चनपुरमा देवीलाल चौधरी, डोटीमा त्रिलोचन भट्ट, डडेल्धुरामा खगराज भट्ट, अछाममा शरदसिंह भण्डारी, बझाङमा देवराज रेग्मी, बाजुरामा कर्ण बहादुर बिक र दार्चुलामा मानबहादुर धामी इन्चार्ज भएका छन् ।
पार्टीले स्थानीय तहमा पनि सांगठनिक कार्यहरूलाई तीब्रताका साथ अगाडि बढाएको छ । टीकापुरमा पनि वडा कमिटी गठन लगाएतका संगठन विस्तारका काम भइरहेको माओवादी केन्द्रका टीकापुर नगर अध्यक्ष खडक शाहले बताएका छन् । सोमबार मात्रै अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गठन गरिएको छ । कल्पना जैशिको अध्यक्षतामा ६१ सदस्यीय कमिटी गठन भएको छ । नगर अध्यक्ष शाहले टीकापुर नगरपालिका स्तरमा सबै वडामा वडा कमिटी विस्तारको काम सम्पन्न भैसकेको बताउँदै पार्टीलाई वडा तहबाटै मजबुत बनाएर लैजाने तयारीका साथ नेतृत्वले काम गरिरहेको बताएका छन् । उनले संगठनलाई मजबुत बनाउँदै पार्टीलाई एक ढिक्का बनाएर लैजानको लागि सबै नेता तथा कार्यकर्ताहरुलाई आग्रह समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *