आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन

शेयेर गर्नुहोस

खेम राज पाण्डेय , भजनी ०९ भदौ/

जोशीपुरको गाउँपालिकाले आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरेको छ ।
गाउँपालिकाको वडा नं १ पिपरकोटि, वडा नं ४ झबहि र वडा नं ६ सिमरीमा रहेको आधारभूत स्वास्थ्य केन्द्रको कार्यालय उद्घाटन गरिएको हो । गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरी, उपाध्यक्ष गीता कठरियाले संयुक्त रुपमा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गरिएका थियो।पिपरकोटि आधारभूत स्वास्थ्य केन्द्र, झबहि आधारभूत स्वास्थ्य केन्द्र र सिमरि आधारभूत स्वास्थ्य केन्द्र एकै साथ उद्घाटन गरिएको हो । आधारभूत स्वास्थ्य केन्द्र बाट सामान्य उपचार सेवा, खोप सेवा, परिवार नियोजन सेवा, गर्भवती जाँच सेवा,लगाएतका सेवा प्रदान गरिने भएको बताएका छन् ।
उद्घाटन कार्यक्रममा वडा नं १ वडा अध्यक्ष विधि राम चौधरी, वडा नं ३ वडा अध्यक्ष प्रवक्ता किशोर कुमार कठरिया, वडा नं ४ वडा अध्यक्ष लखन लाल चौधरी वडा नं ५ का वडा अध्यक्ष देशराज चौधरी, वडा नं ६ वडा अध्यक्ष नत्थु प्रसाद चौधरी लगायतको उपस्थिति रहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *