नेविसंघको अध्यक्षमा आचार्य चयन

शेयेर गर्नुहोस


टीकापुर २१ बैशाख /
नेपाल बिद्यार्थी संघ (नेविसंघ) टीकापुर बहुमुखी क्याम्पसको नयाँ नेतृत्व चयन भएको छ ।
बिद्यार्थी संगठनको बुधबार भएको भेलाले निकास आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।संगठनको उपाध्यक्ष साक्षी भण्डारी, धिरेन्द्र धामी, गरिमा महतो, रमेश कुमार थारू, जानकी ढुंगाना, विजय धामी र लक्ष्मण पाण्डे चयन भएका छन् । त्यस्तै सचिव दिपक राज ढुंगाना र सपना सिंह ठकुरी रहेका छन् ।
संगठनको सह-सचिवमा चन्द्रकला साउँद, साैरभ चन्द, पुष्पा बुढा, कल्पना थारु, जीवन बहादुर शाही, लक्ष्मी अधिकारी, प्रतिक्षा गुरुङ र कोषाध्यक्षमा लक्ष्मी बमलाई चयन गरिएको छ । सदस्यमा विष्णु बयक, जीवन बहादुर रोकाया, मुना उपाध्याय, बिनिता बोहरा, डम्वरा धामी, रमेश बुढा, अविष्कार आचार्य, हिमा सापकोटा र संगिता चाैधरी चयन भएका छन् ।
नेपाल बिद्यार्थी संगठनका निवर्तमान अध्यक्ष कृष्णप्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका कैलाली क्षेत्र नं. १ का क्षेत्रीय सभापति प्रकाश शाह रहेका थिए । विशिष्ट अतिथिमा क्षेत्रीय सचीव धनन्जय रिमाल, प्रदेश क का सचीव भक्तराज देवकोटा र टीकापुर नगर सभापति नरेश कुमार खत्री रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *