पढाई छोड्ने क्रम डरलाग्दो : क्याम्पस प्रमुख भण्डारी

शेयेर गर्नुहोस


टीकापुर ०४ भदौ /
शिक्षा हासिल गर्दा बीचमै पढाई छाड्ने समस्या बढ्दै गएको भन्दै यसले डरलाग्दो स्थिति सिर्जना गरेको वीरेन्द्र बिद्या मन्दिर क्याम्पसका क्याम्पस प्रमुख हर्कबहादुर भण्डारीले बताएका छन् ।
आइतबार क्याम्पसमा भएको पत्रकारसँगको कुराकानीमा क्याम्पस प्रमुख भण्डारीले यस्तो बताएका हुन । ‘‘कक्षा १२ उत्तिण गरेका विद्यार्थी मध्ये २५ प्रतिशत टीकापुर बाहिर जाने गरेका छन् । टीकापुरमै रहेका बिद्यार्थीहरुले पनि अन्तिमसम्म पढाईलाई निरन्तरता फिन सकेका छैनन् ।” क्याम्पस प्रमुख भण्डारीले भने,‘‘ बाँकी ७५ प्रतिशत यहाँका क्याम्पसमा भर्ना हुने र यसरी भर्ना भएका विद्यार्थी मध्य अधिकाँश जापनिज र कोरियन भाषा पढ्ने गरेका छन् । बाहिर जान पाएपछि पढाई बीचमै छाड्ने गरेका छन् ।’’
उहाँले वीरेन्द्र बहुमुखी क्याम्पस ले क्यूयूए प्राप्त गर्दा सबैमा विश्वास बढेको बताएका छन् । ‘‘क्यूयूए प्राप्त भएपछि भित्रुवन विश्वविद्यालय अनुदान आयोगसँग सम्पर्क बढाउन सहज भएको छ, जसबाट क्याम्पसले विभिन्न सहयोग लिने वातावरण बन्छ । बिद्यार्थीहरुमा पनि क्याम्पस प्रति आकर्षण बढ्ने अपेक्षा गरिएको छ ।” भण्डारीले भने, ‘‘सबैको सहयोगले क्यूयूए प्राप्त भएको छ । यसलाई हामीले स्वणर्रुपमा लिएका छौँ ।’’
‘‘मेरो सपना पनि थियो, शिक्षक, कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय राजनीतिक दल र सामाजिक अगुवाले सकारात्मकरुपमा लिएका कारण यहाँसम्म पुग्न सफल भयौँ । आगामी दिनमा पनि यो साथ र सहयोगको अपेक्षा क्याम्पसले राखेको छ ।” क्याम्पस प्रमुख भण्डारीले भने, ‘‘क्यूयूए पायौँ अब केही गर्नु पर्दैन भनेर सुत्यौ भने समस्या हुन्छ । क्याम्पस को नतिजा ३९ प्रतिशत माथि ल्याउनुपर्छ भन्दै यो नतिजा ल्याउन मेहनत गर्नुपर्छ ।”
क्याम्पस प्रमुख भण्डारीले क्याम्पसका बारेमा प्रश्न गर्ने अधिकार हरेक नागरिकलाई छ भन्दै उठेको प्रश्नको जवाफ दिनु सामुदायिक संस्थाको कर्तव्य भएको बताएका छन् । क्यूयूए समारोहमा जम्बो टोली राजधानी गएको भन्दै सामाजिक सञ्जालमा भएको टिकाटिप्पणीलाई उहाँले फजुल खर्च भयो की भन्ने सामाजिक चिन्ता भएकाले त्यसलाई क्याम्पसले सहज रुपमा लिएको बताएका छन् ।
‘‘फजुल खर्च भयो भन्ने चिन्ता हुनु स्वभाविकै हो तर सामाजिक सञ्जालमा आएजस्तो सत्य होइन ।” भण्डारीले भने, ‘‘खुसी मनाउने समय हो, हामीले पाएको
उपलव्धिलाई सबैले बुझ्न जरुरी छ ।’’ वीरेन्द्र क्याम्पसमा यतिखेर करिब २ हजार ३ सय विद्यार्थीले अध्ययन गरिरहेका छन् । भौतिक संरचनादेखि क्याम्पसका अन्य सुविधामा व्यापक सुधार भएको पाइन्छ । टीकापुर बहुमुखी क्याम्पसले दुइ पटक क्यूयूए पाइसकेको छ । देशभरका करिब १५ सय क्याम्पस मध्य वीरेन्द्र लगायत देशभरका ९४ क्याम्पसले मात्र क्यूयूए पाएका छन् । सुदूरपश्चिममा धनगढीको कैलाली बहुमुखी क्याम्पस र ऐश्वर्य क्याम्पस, महेन्द्रनगर क्याम्पस, घोडाघोडी क्याम्पस, वीरेन्द्र र टीकापुर बहुमुखी क्याम्पसले मात्र यो अवसर पाएका छन् ।

ताजा खबर

भुकम्पका ठूलो धक्का

ऐंठनलाई मदन पुरस्कार

अब किस्तामा पनि धारा जडान हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *