शेयेर गर्नुहोस
समाधान समाचार
टीकापुर ०६ फागुन / वर्ल्ड भिजन ईन्टरनेसनल नेपाल र बाल कल्याण संघ टिकापुरको संयुक्त साझेदारीमा संचालित समाबेसि तथा गुणस्तरीय शिक्षा परियोजना अन्तर्गत पढाई शिबिर सहजकर्ताको तिन दिने तालिम आज भानु सामुदायिक पुस्तकालयमा संपन्न भएको छ।
बिगत तिन दिन देखि संचालित तालिममा दिल बहादुर धामिले सहजिकरण गरिरहनु भएको थियो भने बाल कल्याण संघकि फिल्ड अधिकृत कल्पना चौधरीले सहायक रुपमा सहजीकरण गरिरहनु भएको थियो। वर्ल्ड भिजन ईन्टरनेसनल नेपालकि स्पोन्सरसिप फिल्ड कोर्डिनेटर डेजुना राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको समापन सत्र बाल कल्याण संघ टिकापुरका समाबेशि तथा गुणस्तरीय परियोजना तथा स्पोन्सरसिप परियोजना अधिकृत सुगम रेग्मीले संचालन गर्नु भएको थियो। यस परियोजनाले परियोजना संचालित बिधालयहरूका 1देखि 3 सम्मका बालबालिकाहरुमा बुझेर पढ्ने सिपको बिकास गर्ने उद्धेश्य लिएको बताउनु भयो। उक्त परियोजना टिकापुर नगरपालिकाका 7 वटा बिधालय र भजनी नगरपालिकाका 8 वटा बिधालयमा संचालमा रहेको छ। त्यसै गरि टिकापुर नगरपालिकामा 20 वटा पढाई शिबिर संचालनमा रहने छन भने भजनि नगरपालिकामा 25 वटा पढाई शिबिर संचालनमा रहने छ ।
वर्ल्ड भिजन ईन्टरनेसनल नेपाल र बाल कल्याण संघ टिकापुरले संयुक्त साझेदारीमा टिकापुर नगरपालिकामा समाबेसि तथा गुणस्तरीय शिक्षा परियोजना, एकिकृत बाल संरक्षण परियोजना र बाल स्पोनसरसिप परियोजना संचालन गरिरहेको छ।