पत्रकार बिसीलाई सहयोगका लागि महासंघको आग्रह

शेयेर गर्नुहोस

समाधान समाचार
टीकापुर २२, साउन
अछामस्थित रेडियो सोसाइटी एफएमका प्रबन्ध निर्देशक तथा नयाँ पत्रिका दैनिक र हिमालय टेलिभिजनका अछाम समाचारदाता ध्रुव बिसीलाई आर्थिक सहयोगका लागि नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले आग्रह गरेको छ ।
महासंघका प्रदेश महासचिव योगेश रावलले एक विज्ञप्ती जारी गरी सक्रिय पत्रकार बिसीको जीवनरक्षाका लागि हातेमालो गरिदिन आग्रह गरिएको हो । पत्रकार बिसी उच्च रक्तचापका कारण दुईवटै मृगौलामा समस्या आएपछि हाल काठमाण्डौंस्थित बीर अस्पतालमा उपचारत छन् । चिकित्सकले उनको मृगौला फेर्नुपर्ने भनेको छ ।
विज्ञप्तीमा सुदूरपश्चिमको पहाडी जिल्लामा कार्यरत एक पत्रकारका लागि मृगौला फेर्न खर्चको जोहो गर्नु निकै चुनौतीपूर्ण रहेकाले आमपत्रकार, सबै शुभेच्छुक व्यक्तित्व, विभिन्न संघसंस्था लगायत सबैमा जीवनरक्षाका लागि हातेमालो गरिदिन महासचिव रावलद्वारा हस्ताक्षरित अपिलमा उल्लेख गरिएको छ ।
महासंघले सहयोग गर्न चाहने महानुभावले सोझै पत्रकार बिसीको राष्ट्रिय वाणिज्य संघ मंगलसेनस्थित शाखाको खाता नं. ४२६०१००००६३४२०१० मा रकम जम्मा गरी पत्रकार बिसीलाई सहयोग गर्न सकिने विज्ञप्तीमा उल्लेख गरेको छ ।

ताजा खबर

तीन हजार बढीले बनाए राहदानी

७ परिवारलाई राहत सामग्री वितरण

मुक्तकमैयालाई परिचयपत्र वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *