परिक्षा सञ्चालन गर्न गाउँपालिकाको निर्देशन

शेयेर गर्नुहोस


टीकापुर २० माघ /
जानकी गाउँपालिका वडा नं. ९ स्थित हिमालय माद्यामिक बिधालय अमरावतीलाई शिक्षक नियुक्तिका लागि आव्हान भेएको सुचनाअनुसार परिक्षा सञ्चालन गर्न निर्देशन गरिएको छ ।
बिधालयले गत असार २४ गते निमावि नेपाली विषयको राहत करारमा शिक्षक नियुक्तिका लागि खुल दर्खास्त आव्हान गरे पनि झण्डै ६ महिनासम्म अन्योलमा रहेको उक्त प्रक्रिया रद्द गर्दै प्रशिक्षार्थीको दर्खास्त दस्तुर फिर्ताको लागि सम्पर्क गरेको थियो । सो विषयलाई समाधान न्युज दैनिकले समाचार बनाएपछि गाउँपालिकाले बिधालयलाई पत्राचार गर्दै शिक्षक नियुक्तिको बाकी प्रक्रिया पुरा गरेर शिक्षक नियुक्ति गर्न निर्देशन दीएको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जितबहादुर चौधरी र शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडीले संयुक्त पत्र पठाउँदै एक हप्ता भित्र परिक्षा सञ्चालन गर्न भनिएको छ । गाउँपालिकालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय हेलो सरकारबाट माघ १८ गते शिक्षक नियुक्तिको विषयमा भएको बिज्ञापन रद्दको बारेमा कारण सोध्दै पत्र पठाएको थियो । उक्त पत्रको आसय अन्तर्गत रद्द गरिएको भनिएको शिक्षक पदपूर्तिको लागि एक हप्ता भित्र परिक्षा गर्न गाउँपालिकाले निर्देशन दिएको बताइएको छ ।
गाउँपालिकाबाट पटकपटक परिक्षा सञ्चालन गरेर प्रक्रिया पूरा गर्न भनिए पनि त्यसलाई अटेर गरेर बिज्ञापन के कति कारणले बिज्ञापन रद्द गर्नुको कारण समेत गाउँपालिकाले बिधालयले मागेको छ । उता बिधालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष लक्ष्मण अधिकारीले गाउँपालिकाको पत्रको विषयमा छलफल गरेर अगाडि बढ्ने बताएका छन् । “अहिले प्रधानाध्यापक पनि बाहिर हुनुहुन्छ । एकपटक छलफल गरेर परिक्षा लिनुपर्ने भए पनि लिन्छौं ।” उनले भने, “दस्तुर फिर्ता भएका प्रशिक्षार्थीहरुलाई पनि परिक्षामा सहभागी गराइने छ । त्यस्तै स्थितिमा भुल सुधार गरेर अगाडि बढ्न सकिनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *