पाठ्यसामग्री तथा खेलकुद सामग्री वितरण

शेयेर गर्नुहोस


भजनी ३२ असार /
भजनी नगरपालिका वडा नं.१ मा रहेकोे महुन्याल सामुदायिक वन उपभोक्ता समुहले पाठ्यसामग्री तथा खेलकुद सामाग्री वितरण गरेको छ ।
सामुदायिक वनको कार्यक्षेत्र भित्र पर्ने वडा नं. १ र ३ भित्र रहेका सामुदायिक बिधालयका आधारभूत तहका एक बिधालय बाट ५ जाना गरी बिद्यार्थी र खेलकुद क्लबलाई सामाग्री वितरण गरेको हो । महुन्याल माध्यमिक बिधालय , केदारनाथ आधारभूत बिधालय , बालबिधा आधारभूत बिधालयका १५ जना बिद्यार्थीलाई पाठ्यसामग्री वितरण गरिएको छ । त्यस्तै गरी भजनी क्लब भजनी र जाल्पा क्लब भजनीलाई खेलकुद सामाग्री वितरण छ ।
सामुदायिक वनका अध्यक्ष भागीराम डगौराको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भजनी नगरपालिका कार्यपालिका सदस्य मान देवी चौधरी प्रमुख अतिथि रहेकी थिइन भने विशिष्ट अतिथि सब डिभिजन बन कार्यालय भजनीका प्रतिनिधि प्रकाश विक रहेका थिए । महुन्याल माध्यमिक बिधालयका शिक्षक डम्बर मिश्र, बालबिधा आधारभूत बिधालयका शिक्षक दया चौधरी, केदारनाथ आधारभूत बिधालयका शिक्षक शिब कुमार चौधरी लगायत बिद्यार्थी अभिभावक को उपस्थिति रहेकोे थियो ।
मंगला जोशीले स्वागत सचीव दिनेश कुमालले गरेका थिए ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *