शेयेर गर्नुहोस
अछाम २२ मंसिर /
अछामको रामारोशन गाउँपालिका वडा नं १ को श्री पिङ्गला देवी माध्यमिक बिद्यालयको ६० औं वार्षिकोत्सब तथा रामारोशन शैक्षिक रुपान्तरण अभियान, वडा स्तरिय जागरण भेला सम्पन्न भएको छ ।
बिधालय व्य?समितिका अध्यक्षनखकेन्द्र बहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेशका पुर्व सामाजिक बिकास मन्त्रि झपट बहादुर साउँदको प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा रामारोशन गाउपालिकाकी निवर्तमान उपाध्यक्ष सरस्वती रावल बिशिस्ट अतिथि रहेकी थिइन ।
उक्त कार्यक्रममा स्थानीय राजनितिक दलका प्रतिनिधि, अभियानको आवश्यक्ता, औचित्य, महत्व र अपरिहार्यताका विषयमा धारणा राखेका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले प्रकाश शैक्षिक जागरण अभियानको बारेमा प्रष्ट पारेका थिए ।
कार्यक्रममा रामारोशन गाउँपालिकाका विभिन्न विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अविभावक संघ अध्यक्ष, प्रधानाध्यापकहरु, शिक्षकहरु, अविभावकहरु, र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।