शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर १४ फागुन/
टीकापुर जेसिसको आयोजनामा शनिबार एक दिने पुर्व परिचय तालिम सम्पन्न भएको छ ।
टीकापुर जेसिसका वर्ष २०२२ का अध्यक्ष टोप प्रकाश विकको अध्यक्षमा भएको तालिमको उद्घाटन कार्यक्रममा नेपाल जेसिसका पुर्व राष्ट्रिय महासचिव तथा टीकापुर जेसिसका पुर्व अध्यक्ष टेकराज रेग्मीले ब्याक्तित्व, नेतृत्व र उद्यमशिल्ताको विकासको लागि जेसिस भन्दा महत्त्वपूर्ण संस्था अरु कोहि हुननसक्ने बताएका छन् । तालिमका प्रशिक्षक समेत रहेका रेग्मीले राजनीतिक गर्नु मात्रै नेतृत्व नभएको बताउँदै व्यावसायिक सफलता पनि सफल नेतृत्व भएको बताएका छन् । ” जेसिस एक सिकाईको पाठशाला हो । यो पाठशालामा थुप्रै क्षमताको विकास हुन्छ ।” रेग्मीले भने, “बाहिर सुट बुट लगाउनेहरुको संस्था हो भन्ने भ्रम छ । जुन जेसिस भित्र आएपछि मात्रै थाहा हुन्छ ।”
टीकापुर जेसिस २०२२ का महासचिव मंगल साउँदले सञ्चालन गरेको कार्यक्रमको स्वागत जेसिसकी कार्यकारिणी उपाध्यक्ष कृष्णा चौधरीले गरेकी थिइन । जेसिज आस्था पाठ उपाध्यक्ष पृथ्वी चपाईले गरेका थिए । तालिमको समापन कार्यक्रममा निवर्तमान अध्यक्ष लक्ष्मण थापा, टीकापुर जेसिसका मानार्थ सदस्य पृथ्वीराज ढुंगाना लगाएतले मन्तव्य राखेका थिए भने तालिम माथिको प्रकाश् ताकिम संयोजक झलनाथ खनालले पारेका थिए । तालिममा टीकापुर जेसिसका पदाधिकारी, संयोजक तथा अन्य युवाहरुको पनि सहभागिता रहेको थियो ।