पुर्व विद्यार्थी शाहीलाई सम्मान

शेयेर गर्नुहोस


टीकापुर २० वैशाख /
टीकापुर स्थित खड्ग मेमोरियल इङलिस बोर्डिङ स्कुलले आफ्ना पुर्व बिद्यार्थीलाई सम्मान गरेको छ ।
स्कुलबाट २०५७ सालमा एसएलसी प्रथम श्रेणीमा उतिर्ण गरेका अरुण शाहीलाई स्कुकले एक समारोहको आयोजना गर्दै शुक्रबार सम्मान गरेको हो । खड्ग मेमोरियलबाट एसएलसी उतिर्ण गरेका उनले त्यसपछिको उच्च शिक्षा काठमाडौंमा सम्पन्न गरेका थिए । हाल शाही पाटन अस्पतालमा क्यान्सर रोग विशेषज्ञको रुपमा कार्यरत छन् ।
स्कुल प्रशासनले शाहीलाई सम्मान पत्र र दोसल्ला सहित सम्मान गरेको थियो । सम्मान कार्यक्रममा शाहीले उच्च मनोबलका साथ लक्ष्य लिएर अध्ययनलाई अगाडि बढाउन सक्यो भने असफल भन्ने कुनै कुरा नहुने बताएका छन् । सम्मानका लागि स्कुल प्रशासनलाई धन्यवाद दिँदै उनले खड्ग मेमोरियलले दक्ष जनशक्ति उत्पादन गर्दै आएको बताए । “लगनशीलता सबैभन्दा महत्त्वपूर्ण कुरा हो । मिहेनत गर्यो भने फल पाइन्छ ।” उनले भने, “त्यसको प्रारम्भिक वातावरण यसै स्कुलले सिर्जना गरेको हो । जसका कारण म यो स्थानमा छु ।”
समारोहमा स्कुलका प्रधानाध्यापक हिरेण्डे शर्माले डाक्टर शाही स्कुल र बिद्यार्थीका लागि एक प्रेरणाका स्रोत भएको बताएका छन् । उनले खड्ग मेमोरियल स्कुलका पुर्व बिद्यार्थीको रुपमा सम्मान गर्ने अवसर पाउँदा स्कुल प्रशासन खुशी भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *