शेयेर गर्नुहोस
टीकापुर २० वैशाख /
शिक्षकहरुको आन्दोलनका कारण वैशाख २ गतेबाट सुरु हुनुपर्ने नयाँ शैक्षिकसत्रको बिद्यार्थी अभियान शुक्रवारबाट सुरु भएको छ ।
नेपाल सरकारसँग शिक्षक महासंघको सहमति भएपछि चालू शैक्षिकसत्रको बिद्यार्थी भर्ना अभियान सुरु भएको हो । शुक्रबारबाट सबै सामुदायिक बिधालयमा बिद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण कार्यक्रम सुरु भएको छ । टीकापुर नगरपालिकाले औपचारिक रुपमै बिद्यार्थी भर्ना अभियान सुरु गरेको छ । टीकापुर स्थित कर्णाली माद्यामिक बिधालयमा औपचारिक कार्यक्रम आयोजना गर्दै नगरपालिकाले सबै बिधालयमा एकसाथ बिद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण कार्यक्रम सुरु गरेको हो ।
नगरपालिकाको शिक्षा शाखाको आयोजनामा भएको उक्त कार्यक्रम कर्णाली माद्यामिक बिधालयका व्यवस्थापन समिती अध्यक्ष तथा वडा नं. १ का वडा अध्यक्ष मोहन विकको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथि शिक्षा अधिकृत नरेश अवस्थी रहेका थिए ।कार्यक्रममा नगरपालिका भित्रका सामुदायिक बिधालयका प्रधानाध्यापकको सहभागिता रहेको थियो भने कर्णाली माद्यामिक बिधालयका प्रधानाध्यापक धर्मराज शर्माले स्वागत गरेको कार्यक्रमको सञ्चालन रघुनाथ उपाध्यायले गरेका थिए ।
नगरपालिकाले विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण तथा कक्षा सञ्चालन सँगसँगै लैजाने गरी कार्यक्रम अगाडि बढाएको छ । “भर्ना अभियान भनेर तोकिएको १० दिन बितिसक्दा अहिले सबै काम एकै चरणमा अगाडि बढाने कुरा भएको छ ।” प्रधानाध्यापक शर्माले भने, “अब विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण र पठनपाठन सँगसँगै अगाडि बढ्छ ।”
उनका अनुसार विद्यार्थी भर्ना कार्यक्रमको पहिलो दिन बिद्यार्थीहरुको सहभागिता राम्रो रहेको छ । शिक्षक आन्दोलनका कारण बिद्यार्थीहरु संस्थागत बिधालयमा गैसकेको कैयौंले अनुमान गरे पनि विगतका वर्षभन्दा बिद्यार्थी कम नहुने संकेत पहिलो दिनले देखाएको प्रधानाध्यापक शर्माको भनाइ छ ।










