शेयेर गर्नुहोस
टीकापुर १६ जेठ /
टीकापुर समुदाय पुस्तकालयको अध्यक्षमा जगनाथ प्रसाद रिमाल चयन भएका छन् ।
सामुदायिक पुस्तकालयको छैठौं चुनावी साधारण सभाबाट रिमाल निर्विरोध अध्यक्षमा चयन भएका हुन । अध्यक्षमा देवेन्द्र बहादुर शाह र टंक प्रसाद संज्यालको समेत उम्मेदवारी परेको थियो । शाह र संज्यालले अध्यक्ष पदबाट उम्मेदवारी फिर्ता लिएपछि रिमाल निर्विरोध अध्यक्षमा चयन भएको बताइएको छ ।
उपाध्यक्षमा मोहोन प्रसाद उपाध्याय चयन भएको भएका छन् । त्यसैगरी सचीवमा दिपक बोगटी, सहसचिव अमित कुमार चौधरी र कोषाध्यक्षमा प्रतीक्षा कुमारी चौधरी निर्विरोध निर्वाचित भएका छन् । सदस्यमा दीर्घबहादुर तिरुवा, मोहन प्रसाद शर्मा, जनक बटाला, दिपक राज बराल, इन्द्रा कुमारी उपाध्याय र कञ्चन चौधरी चयन भएका छन् ।










