प्याप्सनको तेस्रो अधिवेशन सम्पन्न

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०३ असोज /
टीकापुर प्याप्सनको टीकापुर नगर कमिटीको आयोजनामा सनिवार तेस्रो अधिबेशन सम्पन्न भएको छ ।
प्यापसन टीकापुर नगर कमिटी अध्यक्ष जयकृष्ण तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्याप्सनका केन्द्रिय उपाध्यक्ष तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज जगबीर थापाले अहिलेको संकटपुर्ण अवस्थामा बिधालय सञ्चालनमा निकै चुनौती थपिएको बताउँदै समयको मागअनुसार बिधालयलाई प्रबिधिसँग जोडेर अगाडि बढ्नुपर्ने बेला आएको बताएका छन् । “कोरोनाका कारण निजि बिधालय सञ्चालनहरु सबैभन्दा बढी मारमा परेका छन् । लामो समयसम्म भएको बिधालय बन्दले कैयौं बिधालय बन्द गर्नुपर्नेसम्मको समस्या देखिएको छ ।” थापाले भने, “बिधालयमा अझै लगानी गर्नुपर्ने र बिधालयलाई प्रबिधिमा जोडेर अगाडि बढ्नुको विकल्प देखिएको छैन ।”
उनले आगामी दिनहरुमा समन्वय र सहकार्य गरि अगाडि बढ्नुपर्ने बताउँदै सबैको एकताले मात्रै अहिलेका जस्ता चुनौतीपूर्ण दिनहरु काट्न सकिने बताएका छन् । इन्चार्ज थापाले सबै निजि बिधालयहरुको एकाता भएको अवस्थामा आइपर्ने समस्याहरुको सामना गर्न पनि सहज हुने बताएका छन् । कार्यक्रममा प्याप्सनका कैलाली जिल्ला अध्यक्ष डिल्लीराज रेग्मी, हरि रेग्मी, ललित पन्त विशिष्ट अतिथि रहेका थिए । संगठनका उपाध्यक्ष पुस्कलबहादुर शाहले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचीव देवेन्द्रबहादुर शाहले गरेका थिए ।
संगठनको तेस्रो अधिवेशनले पुस्कलबहादुर शाहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । जस्को उपाध्यक्षमा मानबहादुर थापा, सचीवमा देवेन्द्रबहादुर शाह र कोषाध्यक्षमा रमेशबहादुर साही चयन भएका छन् । त्यस्तै सदस्यमा शिवराम चौलागाईं, अमितकुमार चौधरी, तारा रिमाल चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *