शेयेर गर्नुहोस
टिकापुर, २० मङ्सिर/
प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले गत कात्तिक १७ गते राती जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प प्रभावितको सहयोगार्थ राहत सहयोग प्रदान गरेकामा सन्त निरंकारी मण्डललाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
मण्डलका नेपाल प्रमुख नरबहादुर रावलले राहत सहयोगका लागि प्रधानमन्त्री प्रचण्डले लिखित पत्रसहित धन्यवाद ज्ञापन गर्नुभएको जानकारी दिनुभयो ।
“विनाशकारी भूकम्पबाट ठूलो जनधनको क्षति भएको संवेदनशील घडीमा भूकम्प प्रभावितहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई लाख पच्चिस हजार जम्मा गरी सहयोग गर्नुभएका धन्यवाद ज्ञापन गर्दछु”, प्रधानमन्त्री प्रचण्डबाट प्राप्त पत्रको बेहोरा उद्धृत गर्दै रावलले भन्नुभयो ।
मण्डलले गत मंसिर ५ गतेका दिन काठमाडौंको सिंहदरबार परिसरमा रहेको नेपाल बाणिज्य बैंकमार्फत प्रधानमन्त्री दैवी दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरेको थियो । त्यसअघि सोही दिन नेपाल प्रमुख रावल नेतृत्वको टोलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका सम्बद्ध अधिकारीलाई भेटेर राहत र मण्डलको सिद्धान्त तथा उद्देश्यबारे छलफलसमेत गर्नुभएको थियो ।