“एक सय रुपैयाँ भन्दा माथीको समानमा कर लाग्छ”

शेयेर गर्नुहोस


टीकापुर ३० चैत /
पछिल्लो समयमा सत्ती भन्सार कार्यालयले भारतीय बजारबाट घरायसी प्रयोजनका लागि भन्दै सामान ल्याउनेहरुलाई राजश्वको दायरामा लिन थालेको छ ।
भन्सार कार्यालयले एक सय रुपैयाँ भन्दा माथीको मुल्यमा भारतीय बजारबाट सामान ल्याउने नागरिकहरूबाट भन्सार शुल्क लिन थालेको हो । उसो त कानुनमा एक सय भन्दा माथीको सामान बाह्य देशबाट आयात गर्दा भन्सार शुल्क लिने व्यवस्था छ । त्यो व्यवस्थालाई भन्सार कार्यालयले कार्यान्वयनमा ल्याउन सकेको थिएन । टीकापुर लगायत आसपासका क्षेत्रबाट सयौं स्थानीय घरायसी प्रयोजनका लागि भन्दै भारतीय बजार तिकुनियाबाट सामान खरिद गरेर ल्याउने गर्थे ।
घरायसी प्रयोजनका लागि भनेर ल्याएको सामानमा भन्सारले छुट दिँदै आएको थियो । त्यसको सामान्य चेकजाँच भन्दा अरु केही हुन्थेन । यतिसम्म छुट थियो कि घरायसी सामान भनेर हजारौंको सामान भारतीय बजारबाट ल्याएर कैयौंले व्यापार गर्दै आएका थिए । भन्सार कार्यालयका प्रमुख चक्रबहादुर सोनीका अनुसार शनिबारबाट एक सय मूल्य भन्दा माथीको सामानको भन्सारले राजश्व काट्न थालेको छ । नीतिगत रुपमा कडाइ भएपछि तिकुनिया जाने संख्यामा कमि आउने र स्थानीय बजार चलायमान हुने विश्वास गरिएको छ ।
“यो नियम अहिलेको होइन, पहिले पनि एकदुई दिन कार्यान्वयनमा आउने र बन्द हुने गर्थ्यो ।”उनले भने, “अहिले पुनः सुरु गरिएको छ । प्रहरीले पनि साथ दिएको छ । सबैको यहीँ साथ र सहयोग रहे यसले निरन्तरता पाउने छ ।” यसबाट भन्सारमा राजश्व वृद्धि हुने विश्वास समेत गरिएको छ भने त्यसरी ल्याएको सामानको बिल भरपाई नहुँदा पनि भन्सारको छुट्टै मुल्यांकन प्रणाली मार्फत मुल्यांकन गरेर आयातकर्ताले राजश्व तिर्नुपर्छ ।
यसलाई टीकापुर उद्योग वाणिज्य संघले पनि स्वागत गरेको छ । संघका महासचिव प्रकाश तिमिल्सिनाले भन्सारले सुरु गरेको कार्यलाई निरन्तरता दिन माग गरे । उनले विगतदेखि नै संघले कानुनअनुसारको मापदण्ड कार्यान्वयन गर्न आग्रह गर्दै आएको उल्लेख गर्दै अबका दिनमा पुनः कार्यान्वयन भएको कुराबाट भन्सार कार्यालय पछी हट्न नहुने बताएका छन् । “भन्सारमा भारतीय बजारबाट आउने सामानमा मापदण्डअनुसारको कर लिन थालेपछि स्थानीय बजार चलायमान हुनेमा दुईमत छैन ।” उनले भने,”यो कार्यान्वयन पुर्ण रुपमा होस् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *