शेयेर गर्नुहोस
टीकापुर ३० चैत/
जानकी गाउँपालिका वडा नं. ९ स्थित अरुणोदय माद्यामिक बिधालयमा निर्माण भएको बहुउद्देश्यीय समावेशी सुरक्षित आश्रय स्थलको उद्घाटन गरिएको छ ।
बिधालयमा निर्माण सम्पन्न भएको उक्त भवन र अपाङ्गमैत्री शौचालयको एकैसाथ आइतबार उद्घाटन गरिएको हो । जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीले एक कार्यक्रममा बीच भवनको उद्घाटन गरेको बिधालयका प्रधानाध्यापक कपिल राज भाटले जानकारी दिएका छन् ।
विपद जोखिम न्यूनीकरण परियोजना मार्फत एक करोड ११ लाख १३ हजार ७ सय १२ रुपैयाको लागतमा निर्माण सम्पन्न उक्त भवनको पालिकालाई हस्तान्तरण सहित उद्घाटन गरिएको प्रधानाध्यापक भाटले जानकारी दिए ।










