प्रधानाध्यापक केशरा जिसीलाई सम्मान

शेयेर गर्नुहोस


टीकापुर १९ फागुन /
पशुपतिनाथ आधारभूत विद्यालय टीकापुर नगरपालिका वडा नं. ३ स्थित शंकरपुरका प्रधानाध्यापक केशरा जिसीलाई आइतबार एक कार्यक्रमका विच सम्मान गरिएको छ ।
विद्यालयको स्थापना काल २०५४ साल देखि निरन्तर विद्यालयको प्रधानाध्यापकका रुपमा रही विद्यालयका सम्पुर्ण जिम्मेवारी सम्हाल्दै आएकी जिसीले घरायसी व्यस्तताका कारण अबका दिनमा विद्यालयको सोही पदमा बसी काम गर्न नसक्ने भन्दै राजीनामा दिए पश्चात विद्यालय व्यावस्थापन समितिले बोहरालाई प्रधानाध्यापकका रुपमा नियूक्त गरेपछि जिसीलाई बिधालयमा पुर्याएको योगदानको आधारमा सम्मान गरिएको हो । बोहरा कालिका आधारभूत विद्यालय चौगुर्दिबाट सरुवा भई पशुपतिनाथ आधारभूत विद्यालयमा आएपछि उनलाई सोही अवसरमा स्वागत पनि गरिएको छ ।
कार्यक्रममा बोल्दै निवर्तमान प्रधानाध्यापक जिसीले विद्यालयको स्थापना काल निकै चुनौती र संघर्षपुर्ण रहेको सम्झदै विद्यालयलाई यहाँसम्म पुर्‍याउन सहयोग गर्ने सबैलाई धन्यबाद दिइन । साथै बाँकी जिम्मेवारी नयाँ प्रधानाध्यापक बोहरालाई औपचारीक रुपमा हस्तान्तरण गर्दै विद्यालय र बालबालिकाको भविष्य सुनौलो बनाउन र समुदायसँग समन्वय गरी अगाडी बढ्न सुझाव दिइन ।
प्रधानाध्यापक बोहराले विद्यालयले आफु माथि गरेको विश्वासलाई आत्मसाथ गर्दै विश्वास टुट्न नदिने प्रतिवद्धता व्यक्त गरे । सोही विद्यालयमा १६ वर्ष शिक्षण गरी जानु भएका शिक्षक पुर्णबहादुर विकलाई पनि सम्मान तथा विदाई गरेको छ । विक टीकापुर स्थित कर्णाली माद्यामिक बिधालयमा निमावि तह नगर अनुदान कोटामा नाम निकाली गएका हुन ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपाल विकको अध्यक्षतमा भएको कार्यक्रममा टीकापुर बहुमुखी क्याम्पसका प्रध्यापक देवराज जोशी प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशीले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न र बालबालिका बढाउन योजना बनाई अगाडी बढ्न सुझाव दिए ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *