शेयेर गर्नुहोस
टीकापुर २९ जेठ /
युबकमाथी खुकुरी प्रहार गर्ने २ जनालाइ प्रहरीले गोली प्रहार गरि नियन्त्रणमा लिएको छ।
अछामको मंगलसेन नगरपालिका वडा नं. ५ का रिदम ढुंगाना र कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. ५ का मिलन चन्दलाइ कैलाली प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता राजकुमार सिंहले बताएका छन् । टीकापुरका टेकेन्द्र बिष्ट मानसलाई खुकुरी प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको आरोप लागेका उनीहरू फरार थिए। फरार दुबै जनालाइ प्रहरीले बिहीबार पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेर ल्याउने क्रममा भजनी गाउँपालिका वडा नं. ७ मा आएपछि पिसाब फेर्ने क्रममा उनीहरू फरार भएपछि नियन्त्रणमा लिन हवाइ फायर गरिएको प्रहरीले बताएको छ । त्यति गर्दा पनि उनीहरू फरार भएपछि घुँडामुनि गोली हानेर पक्राउ गरिएको प्रवक्ता सिंहले बताए ।