प्लाटिना माइलेज कन्टेस्टमा कुँवर विजयी

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १३ साउन /
जैमिनी अटोमोटिभ्स कम्पनी टीकापुरले आयोजना गरेको प्लाटिना माइलेज कन्टेस्टमा प्रती लिटर पेट्रोलमा ९५ किलोमीटरको एभरेज दिएको छ ।
विश्वमै मोटरसाइकलको हकमा सबैभन्दा बढी माइलेज दिने प्लाटिना मोटरसाइकलको माइलेज कन्टेस्ट प्रतियोगितामा तपेन्द्र कुँवरले एक लिटर पेट्रोलबाट ९५ किलोमीटरको एभरेज कायम गर्दै प्रतियोगितामा प्रथम भएका छन् । प्रथम भएका कुँवरले १० हजार नगद र ट्रफी हात पार्न सफल भएका छन् । त्यस्तै दोस्रो स्थान ऋषभ शाहुले हात पार्न सफल भएका छन् । उनले ९१ किलोमीटरको एभरेजमा आफ्नो स्थान सुरक्षीत बनाएका थिए । शाहुले ७ हजार नगद र ट्रफी हात पारेका छन् । त्यस्तै मोहन गौतमले तेस्रो स्थान हात पार्न सफल भएका छन् । उनले चलाएको प्लाटिनाले ९० किलोमीटरको एभरेज दिएको थियो । गौतमले पाँच हजार नगद र ट्रफी जितेका छन् ।
प्लाटिना मोटरसाईकलले पेट्रोलको सम्बन्धमा सबै मोटरसाईकलको तुलनामा सबभन्दा अगाडी रही सबै मोटरसाईकल प्रयोग गर्ने प्रयोगकर्ताको मन जित्न सफल भएको पुष्टि गरेको बताउँदै जैमिनी अटोमोटिभ्स कम्पनीका प्रबन्ध निर्देशक कृष्ण प्रसाद उपाध्यायले नेपालमै सबैभन्दा बढी प्लाटिना मोटरसाइकल बिक्री गर्ने जैमिनी अटोमोटिभ्स भएको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *