फोन सम्पर्कबाट पनि स्वास्थ्य परामर्श लिन सकिने

शेयेर गर्नुहोस


समाधान समाचार, जेठ २२ /
हेल्थ असिस्टेन्ट संघ कैलालीले जिल्ला तथा स्थानीयतह हरुमा रहेका सबै कोरना संक्रमित तथा होम आईसोलेसन मा बसेका हरुलाई सञ्चारको माध्यमबाट स्वास्थ्य परामर्श सेवा लिनका लागि जिल्लामा कार्यरत हेल्थ असिस्टेन्ट हरुको फोन नम्बर तथा कार्यरत सस्थाको ठेगाना सार्वजनिक गरेको छ ।
संक्रमितहरुले आफुलाई परेको स्वास्थ्य समस्या तथा समाधानका लागि उचित परामर्श सल्लाह सुझाव र अस्पताल सम्मको उपचारमा आवश्यक पर्ने सहजीकरण मा सहयोग उद्देश्यले हेल्थ असिस्टेन्टको ठेगाना र सम्पर्क नम्बर सार्बजनिक गरेको हो । यसबाट बिरामीमा रहेका हरेक जिज्ञासा् तथा प्रश्न हरुको सहि उतर तथा बिरामी अबस्थामा हुने मानसिक स्वास्थयमा पनि सकारात्मक सोचाइको बिकासमा सहयोग पुग्नेछ भने बिरामीको आत्माबल पनि बढ्ने छ । हेल्थ असिस्टेन्ट संघ नेपाल (HAAN) जिल्ला कार्य समिति कैलालीले १३ वटै स्थानीय तहका विभिन्न वडाहरुमा रहेका हेल्थ असिस्टेन्ट पदमा कार्यरत पदाधिकारीको यो विषम परिस्थितिमा कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने र ननकोभिड केशलाई समेत सल्लाह दिने हेतुले टेलि स्वास्थ्य सेवाको लागि केन्द्रिय कार्यसमितिको निर्णय बमोजिम सम्पर्क नम्बर सहित नामावली प्रकाशन गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *