फोहोर व्यवस्थापनमा नगरपालिका सक्रिय बन्दै

शेयेर गर्नुहोस


टीकापुर ०७ जेठ /

टीकापुर नगरपालिकाले सरसफाइ मुक्त नगरपालिका बनाउने उद्देश्यका साथ स्थानीय क्षेत्रमा संकलन भएको फोहोरको व्यवस्थापनलाई क्रमिक रुपमा अगाडि बढाएको छ ।
विगतको तुलनामा नगरपालिकाले जनचेतनामूलक सन्देश तथा जनशक्ति परिचालन लगायत निकट भविष्यमा प्लास्टिक मुक्त नगरपालिका बनाउने योजनाका साथ काम अगाडि बढाएको हो । बजार क्षेत्रमा सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत बिधालयहरुमा र समुदाय स्तरमा फोहोर तथा प्लास्टिक जन्य फोहोरको व्यवस्थापनका लागि जनचेतनामूलक सडक नाटकमार्फत नागरिकहरूलाई चेतना फैलाउने कामलाई निरन्तरता दिएको छ । गत वर्ष समुदाय स्तरमा प्रस्तुत गरिएको फोहोरमैला व्यवस्थापन सम्बन्धि जनचेतनामूलक सडक नाटक यसवर्ष बिधालय केन्द्रित गरिएको छ ।
“जसरी हुन्छ, नगरपालिकालाई सुन्दर, सफा र सौन्दर्य बनाउने कार्यमा नगरपालिकाले काम गरिरहेको छ ।” नगरपालिकाका वन, वातावरण तथा सरसफाई उपशाखा प्रमुख लोकबहादुर बुढा भन्छन्, “यसमा नगरपालिकासँगै सिंगो स्थानीयको साथ सहयोग र समन्वय चाहिएको छ । आआफ्नो क्षेत्रबाट सबैले सकृयता पुर्वक काम गर्न सक्यो भने सुन्दर नगरपालिकाको परिकल्पना छिटो पूरा हुनसक्छ ।” उनले सिमित जनशक्तिका बाबजुद पनि बजार क्षेत्रको फोहोर संकलनमा नगरपालिकाले कुनै कसर बाँकी नराखेको बताए ।
उपशाखा प्रमुख बुढाले नागरिकहरुलाई जनचेतनामूलक कार्यक्रम मार्फत बुझाउन सहज हुने बताउँदै सडक नाटक त्यसको महत्त्वपूर्ण विकल्प भएको बताए । “बढिभन्दा बढी संख्यामा सहभागिता जनाएर धेरैलाई चेतना फैलाउनमा सडक नाटक विशेष हुन्छ ।” उनले भने, “त्यसैअनुसार नाटक सहित फोहोर संकलन गर्ने गाडी मार्फत पनि नागरिकहरुलाई सचेत गरेर फोहोर व्यवस्थापन गर्ने प्रयास भैरहेका छन् ।” “बजार क्षेत्रमा दुई थरीको डष्टविन राखेका छौँ । फोहोर जम्मा गर्न प्रायः सबै ठाउँमा डष्टविनको व्यवस्था छ । त्यसको सदुपयोग गर्न नागरिकहरूलाई आग्रह गर्छौं ।” उनले भने, “डष्विनको प्रयोगसँगै त्यसको संरक्षण गर्ने दायित्व पनि नागरिकहरुको हो । त्यो कुरामा नागरिकहरुले जिम्मेवार भएर आफ्नो कर्तव्य पूरा गर्न सक्यो भने अझै सहज हुनसक्छ ।”
सप्तऋषी माद्यामिक बिधालय टीकापुरका प्रीन्सिपल लिखराम चौधरीले फोहोर व्यवस्थापनका लागि बिधालयहरु सचेत रहेको बताका छन् । उनले बिद्यार्थीहरुलाई फोहोर व्यवस्थापनका लागि सचेत गराउँदा त्यसबाट अभिभावकलाई बिद्यार्थीहरुले सचेत गराउने काम गर्न सक्ने बताए । “बालबालिकालाई सिकाइ हुँदा त्यसबाट समाजमा कार्यान्वयन छिटो हुनसक्छ ।” उनले भने, “आजका बालबालिका भोलिका कार्यान्वयन गर्ने प्रमुख आधार हुँदा पनि नाटक प्रभावकारी हुन्छ ।”
खड्ग मेमोरियल इङलिस बोर्डिङ स्कुलका प्राचार्य हिरिण्डेराज शर्माले प्लास्टिक मुक्त क्षेत्र बनाउन बिधालयबाट अभियानको सुरुवात हुनु सकारात्मक पक्ष भएको बताएका छन् । उनले बालबालिकाहरुमा अतिरिक्त कुराहरूको सिकाइ छिटो हुनेहुँदा बालबालिकाहरुले अभिभावकलाई समेत सचेत गराउने अपेक्षा व्यक्त गरे । “कक्षा कोठामा बसेर दिक्क भएका बालबालिकालाई कहिलेकाही विविध कार्यक्रमहरुले राम्रो सिकाई गर्छ । त्यो समाजमा कार्यान्वयनमा पनि प्रभावकारी हुन्छ ।” उनले भने, “एकैचोटि कार्यक्रम गरेर कार्यान्वयन हुन सक्ने स्थिति भने छैन । निरन्तर सचेतनामुलक कार्यक्रम गर्दै जाँदा कार्यान्वयन पनि हुँदै जान्छन् ।”

नाटक

Leave a Reply

Your email address will not be published. Required fields are marked *