बाढी पिडितलाई २४ लाख बराबर राहत वितरण

शेयेर गर्नुहोस


खेमराज पाण्डे, कैलारी १२ भदौ/
कैलालीको कैलारी गाउँपालिकाका बाढी प्रभावित परिवारहरूलाई बहुउद्देश्यीय बिकास समाज,डडेल्धुराले राहत वितरण गरेको छ ।
सेभ द चिल्ड्रेनको सहयोगमा कैलारी गाउँपालिकासंगको समन्वयमा बहुउद्देश्यीय बिकास समाज, डडेल्धुराले बाढीले बढी प्रभावित गाउँपालिकाको वडा नं. ३ र ५ मा गैर खाद्य राहत सामाग्री बितरण गरेको हो । उक्त अवसरमा कैलारी गाउँपालिकाका बाढी प्रभावित परिवारलाई झण्डै २४ लाख ५२ हजार ८ सय अठ्ठाईस बराबरको राहत वितरण गरेको हो ।
भदौ ४ देखि ६ गते सम्म परेको अविरल वर्षापछि आएको बाढीबाट कैलारी गाउँपालिकामा ५४७ परिवारहरू प्रभावित भएका थिए। बाढी वस्तीमा पसेपछि स्थानीय बासिन्दाको घरको भित्ताहरू भत्किएको, खेतीपाती साथै भण्डारण गरेको अन्न समेत नष्ट भएपछि सो क्षेत्रका बासिन्दा प्रभावित बनेका थिए। ती मध्ये पालिकाको तथ्याँक अनुसार बाढीका कारण पूर्ण विस्थापित भएका सिमान्तकृत समुदायका बिपन्न र समस्यामा परेका २१९ घर परिवारलाई सेल्टर किट, डिगनिटी किट, हाईजिन किट, लाईफबोई साबुन,कपडा धुने साबुन, कोलगेट, झुल, खानेपानी शुद्धीकरणका लागि फिल्टर, जर्किन, मग, बाल्टीन र पिफर्म लगायतका स्वास्थ्य सरसफाईका राहत सामाग्री वितरण गरिएको बहुउद्धेश्यीय विकास समाज डडेल्धुराका डिआरआर टेक्नीकल एक्सपर्ट राजेन्द्र रैका बताएका छन् ।
सेभ द चिल्ड्रेन फिल्ड कार्यालयकी परियोजना संयोजक फूलकुमारी चौधरीले प्राकृतिक विपद्को संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई प्रभावकारी रूपमा तत्काल सञ्चालन गर्न सहयेगा पुगोस भन्ने उद्धेश्यले प्रभावित परिवारहरूलाई अत्यावश्यक सामाग्रीहरू वितरण गरिएको बताइन् । त्यस्तै सेभ द चिल्ड्रेन फिल्ड कार्यालयका परियोजना संयोजक टिका विक ले वितरण गरिएको राहत सामाग्री सहि समयमा सहि रुपले प्रयोग गर्न बाढी प्रभावित परिवारलाई आग्रह गरिन ।
कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले भदौ ४ देखि ६ गते सम्म आएको बाढीबाट गाउँपालिकामा धेरै परिवारहरू अफ्ठ्यारोमा परेको र अफ्ठ्यारोमा परेका ती परिवारहरूलाई पालिकासँगको समन्वयमा, सेभ द चिल्ड्रेनको सहयोगमा बहुउद्धेश्यीय विकास समाज डडेल्धुराले तत्काल २४ लाख ५२ हजार बराबरको ठूलो परिमाणमा गैर खाद्य सामाग्री सहयोग गरेकोमा सेभ द चिल्ड्रेन र बहुउद्धेश्यीय विकास समाज डडेल्धुरालाई धन्यबाद दिए । उनले बहुउद्धेश्यीय विकास समाज डडेल्धुराले कैलारी गाउँपालिकामा विपदको क्षेत्रमा अन्य संस्था भन्दा महत्वपूर्ण र प्रशंसनीय कार्य गरेको बताउदै यो पटकको बाढीको संकट, विपदमा पनि पालिका भरीमै राहत सहयोग गर्ने पहिलो संस्था बहुउद्धेश्यीय विकास समाज डडेल्धुरा नै भएको बताए ।
कैलारी गाउँपालिका वडा नं ५ का अध्यक्ष विष्णु चौधरी ले बाढी प्रभावितहरूको क्षतिको विवरण संकलन गरि पठाएको तथ्याङ्कको आधारमा बहुउद्धेश्यीय विकास समाज डडेल्धुरा र सेभ द चिल्ड्रेन ले ठूलो परिमाणमा स्वास्थ्य तथा सरसफाई र अन्य अत्यावश्यक राहत सामाग्री उपलब्ध गराएकोले अब विपदबाट थप हुन सक्ने जोखिम न्यूनिकरणमा टेवा पुग्ने बताएका छन् ।
“बाढीले घर तथा खाद्यान्न क्षति भएका कारण निकै कस्टकर जीवन बिताइ रहेको अवस्थामा यस्तो राम्रो सामाग्री सहयोग प्राप्त भएपछि अब हामीलाई ठूलो राहत हुने भयो कैलारी गाउँपालिका वडा नं ५ की बाढी पिडित सिमान्तकृत कुमाल समुदायकी संगीता कुमालले खुशी हुदै भने ।
कैलारी गाउँपालिका वडा नं ३ का अध्यक्ष सन्तराम चौधरी ले बिपदको यस्तो संकटमा संस्थाले गरेको मानवीय सहयोग आफैमा एकदमै महत्वपूर्ण र प्रशंसनिय भएको बताए ।
कैलालीमा बहुउद्धेश्य विकास समाज डडेल्धुरा ले बाढी लगायत प्राकृतिक विपद्को संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको
आपतकालिन पूर्वतयारी तथा प्रतिकार्यका, मानविय सहायता,खानेपानी तथा स्वच्छता,स्वास्थ्य सरसफाई शिक्षा,मनोसामाजिक परामर्श, प्राथमिक उपचार,पूर्व सूचना प्रणाली लगायतका विषयमा महत्वपूर्ण कार्य गर्दे आईरहेको छ ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *