बिज वृद्धिको १७औं वार्षिक साधारण सभा सम्पन्न

शेयेर गर्नुहोस


टीकापुर २४ पुस /
बिज वृद्धि कृषक सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष रामफल बडायकको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कृषि ज्ञान् केन्द कैलालीका प्रमुख खगेन्द्र प्रसाद शर्माले बिज वृद्धि कृषक सहकारी संस्था कृषकहरूका लागि नमुना सहकारी भएको बताएका छन् । उनले बिज वृद्धिको कैलालीकै नमुना काम सहकारीले गर्दै आएको बताउँदै त्यसले किसानहरूलाई पनि उन्नत बीउ उत्पादन र प्रयोग गरेर राम्रो उत्पादन गर्नमा महत्त्वपूर्ण भुमुका खेलेको बताएका छन् । कार्यक्रममा रानी जमरा कुलरीया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख कलशराम चौधरी विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा जानकी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष दिपेन्द्र कुमार कठरिया, हेमराज जोशी लगायतको सहभागिता रहेको थियो ।
सहकारी संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा ११ लाख ४१ हजार पाँच सय ५५ रुपैयाँ ४४ रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । सहकारीले गत आर्थिक वर्षमा ८ करोड ७९ लाख ५७ लाख ९ सय ४० रुपैयाँ ३४ रुपैयाँ बराबरको आयव्यय सार्वजनिक गरिएको थियो । सहकारीले १७ औं वार्षिक साधारण सभाको अवसरमा ६६ जना किसानहरूलाई बीउ उत्पादन कोषबाट पुरस्कार प्रदान गरेको छ । सहकारीले तीन हजार एक सय ७७ क्विन्टल ८१ किलो बीउ बिक्री गरेको थियो । बीउ उत्पादन कोषमा जम्मा भएको रकमको १० प्रतिशत रकम किसानहरुलाई वितरण गर्दै आएको छ । जसमध्ये वीर बहादुर कठरिया प्रथम, रतन बहादुर चौधरी दोस्रो, सुकराम कठरिया तेस्रो भएका छन् भने, विजय कुमार कठरिया र धनबहादुर चौधरी शान्त्वना भएका छन् ।
गतवर्ष बीउ उत्पादन तर्फ हरि प्रसाद बडायक प्रथम, किशुनराम चौधरी दोस्रो र मनोज बडायक तेस्रो भएका छ । सहकारीले असल बचतकर्ताको रुपमा धुर्कु बडायकलाई सम्मान गरेको छ भने सहकारीलाई योगदान पुर्याएको भन्दै मालकुमार कठरियालाई सम्मान गरेको छ । सहकारी संस्थाका व्यवस्थापक गोविन्द राज रावतले सञ्चालन गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष विजय कुमार कठरियाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *