बिज वृद्धि बिस्तारमा सहकारी संस्था

शेयेर गर्नुहोस


झलनाथ खनाल
टीकापुर २९ मंसिर /
कैलालीका कृषि सहकारी संस्था पछिल्लो समयमा बीउ उत्पादन तर्फ अग्रसर भएका छन
कृषि क्षेत्रलाई परम्परागतबाट आधुनिकिकरण तर्फ लैजादा उन्नत जातको बिउको माग बढेसंगै सहकारी संस्थाहरुल बीउ उत्पादनलाई मुख्य प्राथमिकतामा राखेका छन। समुदायको किसानहरूको सानो बचत मात्र नभई कृषिकहरुले स्थापना गरेका सहकारीले अहिले बचतसंगसंगै किसानकै आवश्यकतालाई मध्यनजर गर्दै कृषि क्षेत्रमा बढी जोड दिएको पाइएको छ।
राष्ट्रिय गौरवको आयोजना आनि जमरा कुलरिया सिचाई आयोजना अन्तरगत कृषि कार्यक्रम कार्यान्वयन इकाइले बिज वृद्धि कार्यक्रममा सहयोग गर्न थालेपछि सहकारीहरु बीउ उत्पादनमा अग्रसर भएका हुन। जानकी गाउँपालिका वडा नं.४ मा रहेको बिज वृद्धि कृषक सहकारी संस्थाले मात्र पहिले देखि नै बिज वृद्धिको काम गर्दै आएको भएपनी अहिले आयोजनाकै मातहतमा रहेर ११ वटा सहकारी संस्थाहरुले बिज वृद्धिको कार्यक्रम संचालन गर्दै आएका छन। बिज वृद्धि कृषक सहकारीले यश बर्ष ३ सय ७२ मेट्रीकटन धानको बीउ उत्पादन गरेको छ। गत बर्षको भन्दा झण्डै २ सय २ मेट्रीकटन बढी हो। सहकारीका ब्यबस्थापक गोविन्दराज रावतले आयोजना मार्फत १ सय १२ हेक्टर र सहकारी मार्फत धानको बिज वृद्धि गरिएको बताउनुभयो। सहकारीले दलहन र तेलहनको समेत बिज वृद्धि गर्दै आएको छ। रावतका अनुसार गत बर्ष १ सय ८० मेट्रीकटन गहुँको बीउ उत्पादन गरेको सहकारीले यश बर्ष ३ सय मेट्रीकटन गहुँको बीउ उत्पादन गर्ने लक्ष्य लिएको छ।
आयोजनाकै अनुदानमा सहकारीले १० हेक्टरमा तेलहन बालिको बिज वृद्धि कार्यक्रम रहेको ब्यबस्थापक रावत बताउनुहुन्छ। ” हामिले पहिले देखि नै बीउ उत्पादनको काम गरिरहेका थियौ। रानी जमरा कुलरिया सिचाई आयोजनाको कृषि कार्यक्रम पछि त्यसलाई बृहत बनाएका छौ।” ब्यबस्थापक रावतले भन्नुभयो, ” बर्सेनि बीउ उत्पादनको क्षेत्र बिस्तार गर्दै आएका छौ। बजारको माग भने अझै पूरा गर्न सकेका छैनौ।”
सरकारले नै कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै लगेको अबस्थामा सहकारीले किसानसंग समन्वय गरेर बिज वृद्धिको कार्यक्रम गर्दै आएको टीकापुर नगरपालिका वडा नं ८ मा रहेको धनसिंहपुर कृषि सहकारी संस्थाकि ब्यबस्थापक मुना घर्तिमगर बताउनुहुन्छ।उहाँले यस बर्ष ८६ मेट्रीक टन धानको बीउ उत्पादन भएको बताउदै अझै केही किसानले उत्पादन गरेको बीउ सहकारीला आइनसकेको बताउनुभयो। “सहकारीले छुट्टै बीउ उत्पादनका लागि खेती गर्दैन। किसानलाई बीउ, मलखाद तथा प्राबिधिक दिन्छौ। ब्यबस्थापक घर्तिमगरले भन्नुभयो, ” किसानले उत्पादन गरेको बीउ सहकारी मार्फत बजार मूल्य भन्दा १० प्रतिशत सम्म बढी मुल्यमा खरिद गर्छौ।”
उज्यालो बहुद्देश्य सहकारी संस्थाका ब्यबस्थापक रामकृष्ण चौधरीले यस बर्ष सहकारीले २ सय ६० मेट्रीकटन धानको बीउ उत्पादन गरेको बताउदै गत बर्ष १ सय ४० मेट्रीकटन उत्पादन भएको बताउनुभयो। ” पहिले हामिसंग बीउ उत्पादनको कुनै योजना नै थिएन। रानी जमरा कुलरियाको कृषि कार्यक्रम सुरु भएपछी मात्र बिज वृद्धिको कार्यक्रम सुरु गरेका हौ।” चौधरीले भन्नुभयो, ” उत्पादन भएको बिउको बजारीकरणका लागि कुनै समस्या छैन। बरु बजारको मागलाई पूरा गर्न सकिएको छैन।”
आयोजनाले सहकारीहरुलाई प्रजनन, मुल र प्रमाणित गरि तीन प्रकारको बीउ पचास प्रतिशत अनुदानमा दिदै आएको छ। आयोजनाका प्रमुख भरतप्रसाद कडेलले बिज वृद्धिका लागि सहकारीहरु मार्फत काम गर्दै आएको बताउदै बिज वृद्धि कार्यक्रमले किसानको उत्पादनमा थप मद्दत पुगेको बताउनुभएको छ। उहाँले घान, गहुँ, घाँस, अन्य तरकारी बालिमा समेत बिज वृद्धिको लागि आयोजनाले सहयोग गर्दै आएको बताउदै किसानहरूलाई आधुनिक कृषि खेतिमा आकर्षण गर्ने र प्राबिधिक सहयोग समेत गर्दै आएको बताउनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *