शेयेर गर्नुहोस
टीकापुर २० पुस /
जानकी गाउँपालिका वडा नं. ९ स्थित अरुणोदय माद्यामिक बिधालयमा अध्ययनरत विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।
विद्यालयको अनुरोधमा आफ्नो सस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नबिल बैंक लिमिटेड टीकापुर शाखाले बिधालयमा अध्ययनरत ४४ जना विपन्न विद्यार्थीलाई न्यानो कपडा (ज्याकेट) वितरण गरिएको हो ।
बिधालयको अनुरोधलाई स्वीकार गर्दै बैंकले यो चिसोको समयमा आर्थिक रुपमा विपन्न बालबालिकालाई न्यानो लुगा वितरण गरेकोमा बिधालयका प्रधानाध्यापक कपिल राज भाटले धन्यवाद दिएका छन् ।










