बिमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम

शेयेर गर्नुहोस


लक्षमण विक, टीकापुर २४ भदौ /
स्थानीय निकाय तथा सरोकारवालाहरुसंग बिमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम बुधबार टीकापुरमा सम्पन्न भएको छ ।
बिमा समिति नेपालका उजुरी शाखा प्रमुख विरोध भट्टको अध्यक्ष्ातामा सlभएको कार्यक्रमलाई स्वागत तथा बिमा समितिले गर्ने काम र बिमा के हो, बिमा कस्ता हुन्छन् भन्ने विषयमा जानकारी दिदै भट्टले बिमा समितिको वार्षिक कार्यक्रम अन्तरगत समितिले सुदुरपश्चिम लगायत अन्य क्षेत्रमा गर्ने काम कार्वाही सम्बन्धि जानकारी दिएको बताएका छन
शाखा प्रमुख भट्टले वि.सं. १९९३ मा नेपाल बैंक लिमिटेडको स्थापनासंगै बिमा कारोवारको सुरुवात भएको बताउँदै बिमा कम्पनी सामाजिक संस्था नभएको भन्दै बिमा कम्पनीले कुनै पनि निर्णय आफै लिन नपाउने र त्यसका लागि बिमा समिति रहेको समेत बताएका छन् । “बिमा विशेषगरी दुई प्रकारका हुने गरेका हुन्छन् जस्मा जीवन बिमा र निर्जीवन बिमा रहने गरेका छन,।”उनले भने, “नेपालमा हालसम्म इजाजत प्राप्त बिमा कम्पनीहरुमा जीवन बिमा कम्पनी(बिमक) ४१ वटा, जीवन बिमा कम्पनी (बिमक) १९ वटा, निर्जीवन बिमा कम्पनी (बिमित) २० वटा र पुनर्बिमा कम्पनी (पुनर्निमक) २ वटा रहेको र टीकापुर क्षेत्रमा जीवन बिमा कम्पनी १८ वटा र निर्जीवन बिमा कम्पनी ६ वटा रहेका छन् ।”
कार्यक्रमलाई सम्बोधन गर्दै टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावलले बिमा गर्न आवश्यक रहेको बताउँदै त्यसबाट लाभ लिन सकिने कुरा बताएका छन् । उनले बिमा कम्पनीको नाममा बजारमा प्रतिशप्रधा भैरहेको बताउँदै प्रतिशप्रधा हुनु समयको माग भएको र यसमा जनमानसमा जुन कम्पनीले राम्रो भरोसा दिलाउन सक्यो त्यो कम्पनी अगाडी बढ्ने निश्चित रहेको बताएका छन् । नगर प्रमुख रावलले पछिल्लो समय जनसमुदायमा बिमा सम्बन्धि त्यति ज्ञान नभएको समेत बताउँदै आगमी दिनमा यस्ता अन्तरक्रिया कार्यक्रममा नगरपालिका पुर्ण साथ रहने समेत बताएका छन् ।
कार्यक्रममा बोल्दै टीकापुर नगरपालिकाकी उप-प्रमुख केशरी बिष्टले जनमानसमा कुन कम्पनीमा बिमा गर्ने भन्ने विषयलाई लिएर अझै पनि भ्रम सिर्जना रहेको बताउँदै उनीहरुमा सम्बन्धि राम्रो ज्ञान सिर्जना गर्न आवश्यक रहेको बताएकी छन् । उनले बिमा गर्दा पछिको भविस्यका लागि लाभदाई भइ बिमा वाफत आएको रकमले आफ्नो सानो व्यावसाय समेत सञ्चालन गर्नमा समेत सहयोग पुग्ने र बिमा वाफत हुन आउने बिमितलाई सहज तरिकाले उपलब्ध गराउन बिमा कम्पनी र बिमा समितिलाई अनुरोध गरेकी छन् ।
अन्तरक्रिया कार्यक्रममा प्रेम भट्टराई, भरत साउद, तपेन्द्रबहादुर शाह, गणेशबहादुर साउद, श्यामराज पाण्डे, तपेन्द्र स्वार, जंगबहादुर चाैधरी, एकिन्द्र तिमिल्सिना लगायत आफ्ना भनाइ राखेका थिए भने कार्यक्रमको संचालन समितिका सहायक निर्देशक निश्चल बानियाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *