सिलाईकटाईबाट आत्मनिर्भर फुलकुमारी

शेयेर गर्नुहोस


सिता चौधरी, टीकापुर ०३ असोज /
टीकापुर नगरपालिका वडा नं. १ की फूलकुमारी चौधरी सिला कटाई मार्फत आत्मनिर्भर बन्न सफल भएकी छन् ।
सानो लगानीबाट आफ्नो घरमै सिलाई मेसिन राखेर सिलाई कटाईको काम सुरु गरेकी फुलकुमारी सोही पेशाबाट आत्मनिर्भर बन्न सफल भएकी हुन । निरन्तरको मिहेनत, कामप्रतिको आत्मविश्वास र लगनशीलताले फुलकुमारी व्यावसायिक रुपमा सफल भएको बताउँछन् ।
“यो मैले व२०७४ सालबाट सुरु गरेको व्यवसाय नौ वर्षसम्म आइपुग्दा ४० जना महिलालाई तालिम दिइसकेकी छु । त्यसमध्ये म ७ जनाले आफनै व्यवसाय सुरु गरेर स्वरोजगार बन्नु भएको छ ।” उनले भनिन्, “आफू पनि आफ्नो कामबाट सन्तुष्ट छु भने अरुलाई स्वरोजगार बनाउँदा खुशी छु ।”
फुलकुमारीले सिलाइ कटाई व्यवसायबाट घर र जग्गा जोड्न सफल भएको बताइन् । उनले अहिले पनि दैनिक एक हजार पाँच सय दैनिक आम्दानी गरिरहेको बताएकी छन् ।
फुलकुमारीका अनुसार महिनामा ४५ देखि ५० हजार सम्मको आम्दानी हुन्छ । २५ हजारको लगानीमा एउटा
साधारण सिलाई मसिनबाट सिला कटाई सुरु गरेकोमा उनले वार्षिक पाँच लाख भन्दा बढी आम्दानी गर्दै आएकी छन् ।
” घरमा फुर्सद भएर बस्नु भन्दा सिलाइ पेशा अंगालेर दुई चार पैसा आम्दानी गर्न सकिन्छ भनेर यो पेशा तर्फ लागेको हुँ ।” उनले भनिन्, ” सिलाई कटाई तालिम दिएर घर खर्च चलाउन सकिएको छ भने व्यवसायबाट भएको आम्दानी बचत गर्दै आएकी छु ।”
फूलकुमारीले बजारको माग अनुसार महिला तथा बालबालिका स्कूल पोशाक र विभिन्न फेसन डिजाईनका परम्परागत पोशाक सिलाई गर्दै आएकी छन् । गुणस्तरीय काम र समयमै अडर पूरा गर्ने बानीका कारण ग्राहकको संख्या दिनानुदिन बढ्दै
गएको छ । उनले अन्य महिलाहरुलाई पनि सीप सिक्न र स्वरोजगार बन्न प्रेरित गर्दै आएकी छन् भने स्थानीय तह र तालिम कार्यक्रमबाट प्राप्त सीपलाई कार्यान्वयन गरेर व्यवसायी बन्न आग्रह गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *