भजनीमा फुटबल प्रतियोगिता सुरु

शेयेर गर्नुहोस


अर्जुन खत्री
भजनी २० माघ/
वडा कप फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ ।
भजनी नगरपालिका वडा नं. १ को वडा कार्यालयको आर्थिक सहयोग तथा भजनी क्लब भजनीको आयोजनामा फुटवल प्रतियोगिता सुरु भएको हो । भजनी नगरपालिका वडा नं. १ का वडाअध्यक्ष रबिन थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरी रहेका थिए भने विशिष्ट अतिथि नगरपालिकाकी उप–प्रमुख छायाँ देवकोटा रहेकी थिईन् । कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले पहिलो पटक नगरपालिकाको निर्माणाधीन खेल मैदानमै फुटवल प्रतियोगिता शुभारम्भ हुनु खुसीको कुरा भएको बताएका छन् । उनले खेलकूदका कार्यक्रमलाई निरन्तरता दिँदै खेलकूद क्षेत्रको विकासका लागि नगरपालिका निरन्तर लागिपरेको समेत बताएका छन् ।
कार्यक्रममा उप–प्रमुख देवकोटाले पहिलेदेखि नै खेलकूद मैदानको रुपमा विकास सुरु भएको क्षेत्रमा रङ्गशाला निर्माणको काम सुरु भएको बताउँदै भजनी नगरपालिकालाई खेलकूदको हबको रुपमा विकास गरिने बताएकी छन् । उनले खेलाडीहरुलाई अगाडि बढाउनका लागि नगरपालिकाले निरन्तर प्रयत्न गर्दै आएको बताएकी छन् । नगर उप–प्रमुख देवकोटाले भजनीमा रङ्गशाला निर्माण सम्पन्न भएपश्चात् खेलाडीहरुका लागि सहज वातावरण सिर्जना हुने भन्दै त्यसलाई नगरपालिकाले पनि विशेष महत्वका साथ हेरेको बताएकी छन् ।
भजनी क्लबका अध्यक्ष दिनेश कुमालको स्वागत गरेको कार्यक्रमको सञ्चालन डम्मरदत्त जोशी र कुसुम धामीले गरेका थिए । उद्घाटन खेल कालिका युवा क्लब भजनी र हिम्मतपुर युवा क्लबबीच भएको थियो । खेलमा कालिका युवा क्लब १ का विरुद्ध २ गोलले बिजय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *