भजनी नगरपालिकाको बजेट ६८ करोड

शेयेर गर्नुहोस


पदमराज जैशी, भजनी १० असार /
भजनी नगरपालिकाले आर्थिक वर्ष २०८१ /०८२ काे लागि ६८ करोड बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाको १५ औं नगर सभा अधिवेशनबाट आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सहित ६८ करोड ९७ लाख ६० हजार बराबरको अनुमानित बजेट आइतबार सार्वजनिक गरेको हो । जसमा नगरपालिकाले आय तर्फ संघीय सरकारको राजस्व बाँडफाँडबाट १३ करोड ३४ लाख, सुदुरपश्चिम प्रदेशको वित्तीय समानीकरणबाट एक करोड ३३ लाख ७५ हजार, प्रदेश विशेष अनुदानबाट ४५ लाख, प्रदेश समपुरक अनुदानबाट ९५ लाख नगरपालिकाले बजेट अनुमान गरेको छ ।
त्यसैगरी राजस्व बाँडफाँड प्रदेशबाट ४० लाख २५ हजार, आन्तरिक आय घरजग्गा रजिष्ट्रेशनबाट ५० लाख, नगरपालिकाको आन्तरिक आय तर्फबाट चार करोड २० लाख, समपुरक अन्य तर्फ एक करोड ५० लाख, नगरपालिका अल्या रकम अनुमानितबाट तीन करोड, क्रमागत योजना अल्याबाट एक करोड ५३ लाख गरी ६८ करोड ९७ लाख ६० हजार बराबरको अनुमानित बजेट ल्याएको हो ।
त्यसैगरी व्यय तर्फको वडा तथा नगरको चालू तर्फ १८ करोड, नगर स्तरीय योजना पुँजीगत चार करोड ८० लाख, वडा स्तरीय योजना पाँच करोड, अन्य समपुरक कोष तर्फ चार करोड, संघीय सरकारको ससर्त अनुदान पुँजीग ततर्फ तीन करोड ६९ लाख, समपुरक अनुदान संघीय सरकार चालू तर्फ २३ करोड १७ लाख, समपुरक अनुदान संघीय सरकार र नगरपालिकाको ५० प्रतिशत म्याचिङं सहित एक करोड ५० लाख अनुमान गरिएको छ । त्यसैगरी प्रदेश सरकार विशेष अनुदान ४५ लाख, नगर गौरवको आयोजनाको लागि एक करोड, दिगो विकास लक्ष्य कार्यान्वयनका लागि २३ लाख ६० हजार, दमकल र ट्याक्टरका लागि ७० लाख, दायित्व भुक्तानी बाँकी दुई करोड, क्रमागत योजनाको अल्या एक करोड ५३ लाख, नगर अस्पताल जनशक्ति व्यवस्थाप, सामाग्री खरिद र पुर्वाधार निर्माण एक करोड गरी ६८ करोड ९७ लाख ६० हजार बराबरको व्याय अनुमान गरिएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नगरको पुर्वाधार विकास तर्फ दुई करोड ६४ लाख, आर्थिक विकास क्षेत्रमा ४८ लाख, सामाजिक विकस क्षेत्र तर्फ एक करोड ८० हजार, वातावरण तथा विपद व्यवस्थापन क्षेत्र तर्फ ४३ लाख २० हजार र संस्थागत विकास, सेवा प्रवाह र सुशासनको क्षेत्रमा २४ लाख बजेट विनियोजन गरिएको छ ।
वडालाई विनियोजन गरेको पाँच करोड बजेट अनुसार वडा नं. १ ले ५६ लाख ५४ हजार ८ सय २१ रुपैयाँ, वडा नं. २ ले ४२ लाख पाँच हजार दुई सय चार रुपैयाँ, वडा नं. ३ ले ५८ लाख ७३ हजार पाँच सय ३९ रुपैयाँ, वडा नं. ४ ले ६८ लाख १७ हजार दुई सय ७३ रुपैयाँ पाएका छन् । त्यसैगरी वडा नं. ५ ले ५३ लाख ६६ हजार ८ सय ९१ रुपैयाँ, वडा नं. ६ ले ४९ लाख ७० हजार ८ सय १२ रुपैयाँ, वडा नं. ७ ले ४२ लाख ९४ हजार तीन सय ९ रुपैयाँ, वडा नं. ८ ले ५५ लाख २६ हजार ७ सय ३५ रुपैयाँ र वडा नं. ९ ले ७२ लाख ८९ हजार ८ सय ४७ रुपैयाँ बजेट प्राप्त गरेका छन् ।

ताजा खबर

१५ गते प्रचण्ड टीकापुर आउने

१५ गते प्रचण्ड टीकापुर आउने

एक सय बढीले गरे रक्तदान

Leave a Reply

Your email address will not be published. Required fields are marked *