भजनी नगरपालिकामा तालाबन्दी

शेयेर गर्नुहोस


समाधान समाचार, असार २८ /
भजनी नगरपालिकामा तालाबन्दी गरिएको छ । नगरपालिकाकी नगर उप प्रमुख छाया देवकोटा सहितका केही जनप्रतिनिधिहरुले आइतबार २७ गते एकाएक कार्यपालिकाको बैठक बोलाएको र २८ गते आज नगरसभा सम्पन्न गर्ने प्रक्रिया अगाडि बढाएको भन्दै नगरपालिकामा तालाबन्दी गरिएको बताइएको छ । साथै नगरपालिकाको ९ औं नगर सभामामा नगर उप प्रमुखको संयोजकत्वमा रहेको समितिको बेवास्ता गर्दै नगरसभा सम्पन गर्न खोजिएकोमा नगरसभाप्रती घोर भत्सर्ना गर्दछु बिज्ञापतिमा उल्लेख गरिएको छ । नगर उप प्रमुख देवकोटा सहित वडा नं.१ का वडा अध्यक्ष रबिन थापा, वडा नं. ३ का वडा अध्यक्ष बिक्रम चौधरी, वडा नं. ५ का वडा अध्यक्ष केशव बुढा र वडा नं.२ का वडा सदस्य जंगबहादुर चौधरीदारा हस्ताक्षर गरिएको बिज्ञाप्तिमा संबिधान र कानुन अनुसार विधिवत रुपमा प्रक्रिया पुर्याएर नगर सभा संचालन गर्नुपर्ने माग समेत गरिएको छ । ।

ताजा खबर

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *